Logo

लुकाकु चम्कदा ईन्टरको पुनरागमन जित

प्रभात खबर ८ मंसिर २०७७, सोमबार ०४:५६ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए फुटबलका पछिल्ला खेलमा ईन्टर मिलान, एसी मिलान, रोमा र युडिनेस विजयी भएका छन् । नापोलीलाई ३–१ ले हराउदै एसी मिलानले शीर्ष स्थानमा २ अंकको अग्रता कायम राखेको हो । मिलानको जितमा जलाटन ईब्राहिमोबिचले २ तथा जेन्स पिटरले एक गोल गरे । एसी मिलान जारी सिजन अपराजित रहेको छ । पहिलो हाफमा १–० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा २ गोल थप्दै १ गोल खाएको थियो । ८ खेलबाट २० अंक जोडेको एसी मिलान दोस्रो स्थानको सासुउलोभन्दा २ अंकले अघि छ ।
गएराती नै ईन्टर मिलानले टोरिनोलाई ४–२ ले हरायो । घरेलु मैदानमा २–० ले पछि परेको अवस्था उल्टाउदै ईन्टरले पुनरागमन जित हात पारेको हो । उसको जितमा रोमेलु लुकाकुले २ तथा एलेक्सीस सान्चेज र लाउतारो मार्टिनेजले एक एक गोल गरे । खेलको ६४ औ मिनेटसम्म २–० ले पछि परेको ईन्टरले दोस्रँे हाफमा आफ्नो लय समाएको थियो । यो जितले उसलाई तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । ८ खेलबाट उसको १४ अंक छ । पार्मालाई ३–० ले हराएको रोमा १७ अंकमा तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
सासुउलाले हेल्लास भेरोनालाई २–० ले हराउदा युडिनेसले जिनोआलाई १–० ले पराजित गरे ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार