Logo

क्यानले लियो म्यानेजर पदको अन्तवार्ता

प्रभात खबर ८ मंसिर २०७७, सोमबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले म्यानेजर पदका लागि आवेदन दिएका उमेद्वारहरुको अन्तवार्ता लिएको छ । बिभिन्न चरण पार गर्दै अन्तिम छनोटमा परेका सात जनाको छनोट समितीले अन्तवार्ता लिएको हो । म्यानेजरका लागि क्यानले आब्हान गरेको बिज्ञापनका बिभिन्न मुलुकका ४५ जनाले आवेदन दिएका थिए ।
क्यानले गठन गरेको छनोट समितीले उनीहरुको अन्तवार्ता गरेको र केहि दिनमै छनोटको काम पनि सकिने समितीले जनाएको छ । गत सेप्टेम्बरमा क्यानले टोलीको मुख्य प्रशिक्षकसहित बिभिन्न पदका लागि दरखास्त आब्हान गरेको थियो ।
मुख्य प्रशिक्षकको अन्तर्वार्ता भने यसअघि नै भईसकेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार