Logo

आर्सनल बराबरीमा रोकियो

प्रभात खबर ८ मंसिर २०७७, सोमबार ०५:१६ मा प्रकाशित

८ मंसिर । इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लीड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लीड्सको मैदानमा भएको खेलको निर्धारित समय गोल हुन नसक्दा दुवै टोलीले १–१ अंक बाँडे । खेलको ५१औं मिनेटमा आर्सनल १० खेलाडीमा सीमित बनेको थियो । निकोलास पेपेले रातो कार्ड खाँदै मैदान छोडेका थिए ।

बराबरीसँगै ११औं स्थानको आर्सनले ९ खेलबाट १३ अंक जोडेको छ । लीड्स भने ११ अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार