Logo

ब्राउन सुगरसहित चार जना पक्राउ

प्रभात खबर ८ मंसिर २०७७, सोमबार ०५:२० मा प्रकाशित

८ मंसिर । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित प्रहरीले झापाको मेचीनगरबाट चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मेचीनगर–७ स्थित सिदार्थ टोलबाट आइतबार दिउँसो ४ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो । सिदार्थ टोलककी आसान्ति राजवंशीको घरमा डेरा गरी बस्ने सीताराम आङदेम्बे र उनकी श्रीमती मनिता आङदेम्बेले धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र धरान १६ का २४ वर्षीय रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।

आङदेम्बेको साथबाट १३ ग्राम ब्राउन सुगर, १ लाख ३३ हजार नगद र मोबाइल ३ थान तथा खरिद गर्ने राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।

लागुऔषधका खरिदकर्ताहरु को ३५ प ७०१६ नम्बरको मोटरसाइकल चढी भाग्न लागेका थिए । चारै जनाविरुद्ध प्रहरीले लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

सम्बन्धित खवर

समाचार