Logo

करेण्ट लागेर हात्तीको मृत्यु

admin ८ मंसिर २०७७, सोमबार ०६:२६ मा प्रकाशित

सुनसरी / कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर मानव बस्ती पसेको हात्तीको करेण्ट लागेर मृत्यु भएको छ । वन्यजन्तु आरक्षबाट निस्केको दाह्रे जङ्गली हात्तीको सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारामा करेण्ट लागेर आइतबार बिहान मृत्यु भएको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिए ।

वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको पडेमारा भन्ने स्थान नजिकै विद्युत् पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर करेण्ट लाग्दा मृत्यु भएको उनले जानकारी दिए । कोशीटप्पु वन्यजन्तु आरक्षबाट वार्डेन चौधरी नेतृत्वमा पुगेको टोलीले आइतबार नै मृत हात्तीको सद्गत गरेको छ ।

सम्बन्धित खवर

समाचार