एजेन्सी । ईङलिश क्लब लिभरपुलले घरेलु मैदानमा लामो समय अपराजित रहने आफ्नै किर्तिमान तोडेको छ । प्रिमियर लिग फुटबल अन्तर्गत गएराती लेष्टर सिटीलाई हराउदै लिभरपुलले आफ्नै नाममा रहेको किर्तिमान भंग गरेको हो ।
घरेलु मैदानमा खेलका ६४ खेलमा लिभरपुल अपराजित रहदै नयाँ किर्तिमान बनाएको हो । जसमा ५३ जित र ११ बराबरीको नतिजा रहेको छ ।
यसअघि सन् १९८० को डिसेम्बरसम्म लामो समय अपराजित रहदै लिभरपुलले किर्तिमान कायम गरेको थियो । लिग विजेता समेत रहेको लिभरपुल सन् २०१७ अप्रिलयता घरेलु मैदानमा अपराजित रहदै आएको छ । पछिल्लो पटक लिभरपुल घरेलु मैदानमा क्रिष्टल प्यालेससंग २–१ ले पराजित भएको थियो ।