Logo

टि–१० क्रिकेट लिग आज सुरु हुदै

प्रभात खबर १५ माघ २०७७, बिहीबार ०९:१९ मा प्रकाशित

एजेन्सी । टि–१० क्रिकेट लिगको नयाँ संस्करण आज सुरु हुँदैछ । युएईमा हुने प्रतियोगीताको पहिलो दिन आज बिभिन्न ३ खेल हुदैछन् ।
लिगको उद्घाटन खेलमा मरठा अरेबियन्स र नर्थन वारिवर्सबीच प्रतिस्पर्धा हुँदैछ । आबुदाबीमा हुने खेल नेपाली समयानुसार साँझ पौने ६ बजे सुरु हुनेछ । अरेबियन्सबाट नेपाली अलराउण्डर सोमपाल कामीले खेल्ने संभावना उच्च छ । उनी यसै सिजन टोलीमा अनुबन्धीत भएका हुन् ।
लिगको दोस्रो खेलमा डेकन ग्लाडीयटर्सले पुने डेभिल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल पनि आबुदाबीमा नेपाली समयानुसार राती ८ बजे सुरु हुनेछ । पुनेमा नेपालका अर्का अलराउण्डर करण केसीले रहेका छन् । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रर्दशन गर्न सक्ने केसीलाई पुनेले प्लेईङ सेटमा राख्ने संभाबना बलियो छ ।
दिनको अन्तिम खेलमा राती सवा १० बजे बंगला टाइगर्स र दिल्ली बुल्सबीच प्रतिस्पर्धा हुनेछ ।

टि–१० क्रिकेट

सम्बन्धित खवर

समाचार