ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा धनकुटा शहीदभूमी गाउँपालिका पोखरीटोल बस्ने २७ वर्षीय नगेन्द्र राई र २९ वर्षीय गजेन्द्र राई रहेका छन् ।
विशेष सूचनाका आधारमा चार किलो गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको केसीले बताए । माघ ७ गते पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । ‘लागूऔषध कारोबारी गर्नेहरु इटहरी हुँदै ओसार पसार गर्ने भएकाले हामीले अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘हामीले पछिल्लो समय लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि विभिन्न अभ्यास समेत गरिरहेका छौँ ।’