Logo

प्रेस युनियन सुनसरीद्वारा गरियो ३सय २७ सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बीमा

प्रभात खबर १५ माघ २०७७, बिहीबार २०:२१ मा प्रकाशित

इटहरी,माघ १५।
नेपाल प्रेस युनियन सुनसरीले आप्mना जिल्लाहरुमा सक्रिय रुपले कार्यरत रहेका ३सय २७ सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ । अजोड इन्सोरेन्स काठमाडौंसंग गरिएको सम्झौताअनुसार सुनसरीले आप्mना जिल्लामा सक्रिय रुपले कार्यरत रहेका ३सय २७ सञ्चारकर्मीहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ ।
बिमा व्यवस्थापन समितिका संयोजक एवम् पूर्व केन्द्रीय सदस्य दिवस पोखरेलले दिएका जानकारी अनुसार गत पुष २८ गते अजोड इन्सोरेन्स काठमाडौं र नेपाल प्रेस युनियन सुनसरीबिच भएको सम्झौतामा उल्लेख भए अनुसार बीमाका लागि आवश्यक कागजात पत्र आहवान गरिएको हो । ४ सयको हाराहारीमा विवरण प्राप्त भएतापनि आवश्यक कागजात नपुगेकाहरुको बीमा गर्न नसकेको पोखरेल बताउँछन् ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार यस अघि पनि नेपाल प्रेस युनियन सुनसरीले २ सय ६० जना पत्रकारहरुको कोरोना बीमा गरेको र ती मध्ये ३२ जना कोरोना संक्रमितहरुले १ लाखको दरले बीमा रकम वितरण गरेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार