इटहरी, माघ १५। विभागीय टोली नेपाल एपीएफले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । आफ्नो चौथो खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिसलाई ३–० गोल अन्तरले हराएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा साबित्रा भण्डारीको ह्याट्रिकमा एपीएफले सहज जित हात पारेको हो । ३२ औ मिनेटमा पहिलो गोल गरेकी भण्डारीले ५८ र ८५ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकि थिईन् ।
४ खेलबाट १२ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा छ । पुलिसको समान खेलबाट ५ अंक छ ।