Logo

विश्वभरि कोरोना संक्रमितको संख्या १० करोड

प्रभात खबर १६ माघ २०७७, शुक्रबार ०९:४२ मा प्रकाशित

माघ १६, इटहरी । विश्वभरि कोरोना संक्रमितको संख्या १० करोड पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १० करोड ४ लाख ५५ हजार ५२९ पुगेको छ भने कोरोनाका कारण २१ लाख ६६ हजार ४४० जनाको मृत्यु भइसकेको छ
पछिल्लो २४ घण्टामा ५ लाख ६२ हजार १ जनामा कोरोना संक्रमित छ भने १६ हजार ६१ कोरोना संक्रमितको भने मृत्यु भएको छ ।

कोरोनाबाट विश्वमा सबैभन्दा धेरै प्रभावित देश अमेरिका, भारत, ब्राजिल लगायत हुन् ।
नेपालका् सन्दर्भमा हालसम्म २ लाख ७० हजार ५८८ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार २० जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रप्त जानकारी अनुसार नेपाल हाल सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार