Logo

बढ्दै गएको सडक दुर्घटना

प्रभात खबर १६ माघ २०७७, शुक्रबार १२:२५ मा प्रकाशित

इटहरी ,माघ १६ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित जुम्ला राजमार्ग अन्तर्गत मुलपानीमा अटो र मोटरसाईकल ठोकिँदा दुई जना घाइते भएको जानकारी प्राप्त भएको छ।
भे १ ह ३७३० नम्बरको अटो र भे ७ प ८२७५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा वीरेन्द्रनगर–१ का २१ वर्षीय मोटरसाईकल चालक घनश्याम खड्का र सोही ठाउँका ३९ वर्षीय अटो चालक अम्मर खत्री हुन् । प्राप्त जानकारी अनुसार घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

सम्बन्धित खवर