Logo

एपीएफलाई हराउदै प्रधानमन्त्री कप हात पार्न आर्मी क्लब सफल

प्रभात खबर १८ माघ २०७७, आईतवार ०६:२८ मा प्रकाशित

इटहरी,माघ १८। प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताको उपाधि त्रिभुवन आर्मी क्लब जितेको छ । विभागीय डर्बीको फाईनलमा नेपाल एपीएफलाई ३३ रनले हराउदै र्आीले दोस्रो पटक प्रतियोगीताको उपाधि उचालेको हो । आर्मीको यो पहिलो एकल उपाधि हो । यसअघि उसले सन् २०१७ मा पुलिससंग संयुक्त उपाधि जितेको थियो ।
आर्मीले प्रस्तुत गरेको २ सय १२ रनको चुनौती पछ्याएको एपीएफ ४१ दशमलब ३ ओभरमा १ सय ७८ रनमा समेटियो । आसिफ शेखले सर्बाधिक ६१ रन बनाएको एपीएफको ईनिङसमा सन्दिप जोराले २९, शंकर रानाले २१ र सुमित महर्जनले २० रन बनाए । ओपनर सुवास खकुरेल १३ रन बनाउदै पभेलियन फर्किए । कप्तान शरद भेषावकरले खाता नै खोल्न सकेनन् ।
आर्मीका जितेन्द्र मुखिया, सहाव आलम र बिक्रम सोवले समान ३ विकेट लिए । सुसन भारीको नाममा एक विकेट रह्यो ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको एपीएफले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २ सय ११ रनको मध्यम योगफल तयार पारेको थियो । हरि बहादुर चौहानले सर्बाधिक ५८ रन बनाएको ईनिङसमा राजेश पुलामी मगरले २८ रनको योगदान दिए । सहाव आलमले अबिजित २५ ,लोकेश बमले १५, सुसन भारी र रोहित कुमार पौडेलले समान १३ रन जोडे । अनिल मण्डलले ११ रन बनाए ।
एपीएफका अबिनाश बोहोराले ४, किशोर महत्तोले २ तथा शरद भेषावकर, कमलसिंह ऐरी र भुवन कार्कीले समान एक विकेट लिए ।
प्रतियोगीतामा ३ विभागीय र ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको थियो ।

क्रिकेट

सम्बन्धित खवर

समाचार