Logo

पत्रकार दुर्घटना बिमाका लागि प्रेस युनियन सुनसरीको सराहनीय पहल

प्रभात खबर ५ माघ २०७७, सोमबार ०३:५० मा प्रकाशित

माघ ५, इटहरी
नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका पत्रकारहरुको दुर्घटना बीमाको लागि आवश्यक कागजात संकलनको पहल सुरु गरेको छ ।
शनिबार इटहरीमा बसेको जिल्ला कार्यसमितिको बैठकले पत्रकारहरुको दुर्घटना बीमा गर्नका लागि नागरिकताको प्रतिलिपि, मिडिया हाउससँग आबद्ध भएको परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटोका लागि आह्वान गरेको छ ।
प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको जानकारी नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले दिएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार