माघ५, इटहरीः बेलायतबाट नेपाल फर्किएका तीन जना नेपालीहरू नयाँ प्रकारको कोरोना भाइरस यूके भेरिएन्ट (बी–११७) बाट संक्रमित भएको जानकारी स्वास्थ्य मन्त्रालयले अाफ्नो विज्ञप्तिमा दिएको छ ।
विज्ञप्ति अनुसार ,३ जना संक्रमितहरुमध्ये२८ वर्षीया महिला र ३२ वर्षीय पुरुष निको भइसकेका छन् भने अन्य एक जना पुरूष संक्रमित भएतापनि कुनै सक्रिय लक्षण नदेखिएको उल्लेख गरिएको छ ।
केही दिनअघि बेलायतबाट नेपाल फर्किएका ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पुस २७ गते हङकङ पठाइएकोमा सोमध्ये तीन जना संक्रमित देखिएका हुन् । उनीहरुको रिपोर्ट आज पोजिटिभ आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।