Logo

एक लाख म्यादी प्रहरीको भर्ना तयारी

प्रभात खबर ६ माघ २०७७, मंगलवार ०२:३१ मा प्रकाशित

इटहरी , माघ ६।
प्रतिनिधि सभा विघटन पछी मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना तयारी शुरु गरेको छ ।सरकारद्वारा आउने बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरे अनुरुप नेपाल प्रहरीले लगभग १ लाख म्यादी प्रहरीको भर्नाको तयारी शुरु गरेको हो ।
प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसङ्ग समन्वय गरि निर्वाचन क्षेत्र र मतदान केन्द्र को सुरक्षाका लागि अावश्यक पर्ने म्यादी प्रहरी संख्या, सुरक्षा एवम् बजेट व्यवस्थापनको खाका तयारी गरे अनुरूप एक लाख म्यादी प्रहरीको भर्ना तयारी शुरू गरेको हो ।
यस अघि पनि २०७४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पनि नेपाल प्रहरीले ९८ हजार २ सय ६८ म्यादी प्रहरीको भर्ना लिसकेको छ ।

सम्बन्धित खवर