Logo

कलेज बस दुर्घटना

प्रभात खबर ६ माघ २०७७, मंगलवार ०४:३० मा प्रकाशित

 

माघ ६, इटहरीः विराटनगरस्थित मेरिल्याण्ड कलेजको बस आज बिहान दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् ।
डाइनियाँबाट विराटनगरतर्फ आइरहेको बा२ख ४५८ नम्बरको विद्यार्थी बोकेको बस सुनवर्षी नगरपालिका – ९ स्थित भेडुवाथानमा दुर्घटनामा परेको जानकारी इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले दिएका छन् ।
खड्काका अनुसार दुर्घटनामा परी रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल गरी पाँच विद्यार्थी घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि विराटनगर पुर्याइएको छ ।
आज बिहानेदेखी नै बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीको रहेको छ ।

सम्बन्धित खवर

समाचार