इटहरी , माघ ७।बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६ सय बढीको मृत्यु भएको छ । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बेलायतमा मृतकको कुल संख्या ९१ हजार नाघेको छ ।
बेलायतमा हालसम्म कोरोना संक्रमित ३४ लाख ६६ हजार बढी रहेका छन् ।