Logo

सडक दुर्घटनामा परि बाबु -छोराको मृत्यु

प्रभात खबर २४ माघ २०७७, शनिबार १२:४४ मा प्रकाशित

सडक दुर्घटनामा परि बाबु -छोराको मृत्यु
इटहरी ,माघ२३।
इटहरी -२ पीपलचौक स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ तीव्र गतिले आउँदै गरेको प्र. १–०१–०४४ प १२५६ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुवै जनाको मृत्यु भएको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार उदयपुर रुपाटार -२ घर भई हाल इटहरी- ८ बस्ने वर्ष ५० को नुरजंग मल्ल र मोटरसाइकलमा सवार उनका बुवा वर्ष ८२ को कुबेर बहादुर मल्लको मृत्यु भएको हो ।

दुर्घटनाबाट उनीहरु दुवैजना गम्भीर घाइते भई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएपनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार