Logo

प्रपाेज डे को प्रपाेज

प्रभात खबर २६ माघ २०७७, सोमबार १२:०९ मा प्रकाशित

सुशील कन्दरा राजभर
इटहरी , माघ २६

दाजु हाै , घुम्न जाउन पछि ढिलो हुन्छ भन्दै शक्ति उफ्रिन थाल्याे । मैले इन्दुलाई घुम्ने ठाउँको बारेमा साेधे । उसले ३/४ वटा ठाउँको नाम बताउदै अाज भालुढुङ्गा जाने भनेर भनिन । हामी खाजा पनि नखाई भालुढुङा तिर लाग्याै ।

मलाई थाहा थियाे उनलाई भाेक सहने बानी नै छैन , त्यसैले मैले केही खानेकुरा किनेर राखे । निकै धेरै फाेटाे खिच्न भ्यायाै, ताराले अनेक थरीका पाेज सिकाएर फाेटाे खिच्न लगाइन् । तारा, ईन्दु, अस्मी, शक्ति र प्रकाश सर सबैले तपाईहरुकाे जस्तो सुन्दर जाेडी अहिलेसम्म देखेका छैनाैँ भनेर बारम्बार याे वाक्य दाेहाेर्याई रहे । फर्किदा बाटाेमा चिया बगानमा साथीहरूले टिकटक भिडियो बनाउन थाले । यता हामी दुईले पनि एक हुने माैका पायाै । उसलाई घरमा फाेन गर्याै कि नाई ?साेधे, उसले हिजाे नै गरेकोे थिए भनिन् । मैले फेरि तत्काल कल गर्न लगाए । उनले कल गरिन् । ममी हामी अहिले चिया बगानमा छाै । उता बाट के जवाफ अायाे थाहा छैन ,उनी म तिर हेर्दै मस्किन थालीन , मेराे गाला सुम्सुम्याउन थालिन , ममा केही प्रश्न हरु देखेर होला उनले लाउड स्पिकरमा राखिन् ।

त्यहाँबाट अावाज अायाे, समयमा खाना खानु , उनलाई पनि समयमा खाना खान भन्नू , तिमीहरूलाई संगै भएपछि भाेक लाग्दाे रहेनछ । ल म खाना पकाउन गए भन्दै गरेको आवाज टक्क रोकिएर फोन काटियो ।कुन प्रसंगमा याे जवाफ अायाे थाहा थिएन तर निकै हर्षित भइरहेका थियौ ।

फेसबुमा फाेटाे हाल्न लागेकाे थिए, उनले राेकिन । किन सबै अहिले नै हालेकाे ? पछि घर फर्केपछि हाल्नु नि ?प्रश्न गरिन।
अनि अहिले चाहिँ जम्मा गरेर राख्नु भन्दै मैले नि प्रश्न गरे । उनले अहिले तपाईं र मेराे एउटामात्र हाल्नु न बाबा भनिन ,याे वाक्यांश सुनेर सबैजना गलल हाले । यत्तिकै अस्मि बोलिन् अलिक विचार गरेर हाल्नु है दाइ , भाेलि धेरैकाे कुरा सुन्नुपर्ला।

केही हुन्न के बाबा , ममिले अाेके गरिसक्नु भा छ । तपाईंलाई ज्वाइँ मानि सक्नुभाछ । किन धेरै साेच्नु भएको ? मैले अघि नै हालिसके । यति भन्दै हामीलाई अाफ्नाे फेसबुक पाेष्ट देखाइन्।

गुलावकाे फुल दिदै गरेकाे तस्बिर राखेकी रहिछिन सुन्दर क्यापसन सहित ।मलाई निकै छाेयाे उसका शव्दहरुले ।

मैले पनि पाेष्ट गरे उनकाे अनि मेराे तस्बिर, मसंग कस्सिएर टाँसिएको फाेटाेमा छाेटाे क्याप्सन राखे,

“कस्तो माया तिमीसंग बस्यो । 

तिम्रो सपना आँखा मै सज्यो ।”

त्यतिकैमा ईन्दुले प्रश्न गरिन, दाइ तपाईंले प्रेमप्रस्ताव राख्नु भएको हाे कि भाउजुले ? 

तिम्राे दाईले राख्नुहुन्छ जस्ताे लागिराछ भन्दै मलाई चिमाेटिन,
लु अाज प्रस्ताव राख्नु पर्याे है दाइ,ओहो! बल्ल भान भयाे कि अाज प्रपाेज डे रहेछ । सबैले भन्न थाले लु लु दाइ हामी नि हेरम कस्तो हुन्छ , प्रपाेज डे को प्रपाेज ।

अनि मैले एउटा घुडा टेकि उनलाई भने , प्रिय सानी , अाई लब यु ❣️ ।

सबैले तालि बजाउँदै साथ दिए ।
(लेखकको प्रेमभाव जस्ताको त्यस्तै कपि गरिएको )

 

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार