Logo

सुनसरी पत्रकार अलिमाथि आक्रमण : कार्वाहीको मागसहित प्रहरीमा उजुरी

प्रभात खबर २६ माघ २०७७, सोमबार १९:३१ मा प्रकाशित

इटहरी , माघ २६।
सुनसरीको दुहबी नगरपालिका -१० घर भएका विगत लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार अकबर अलीमाथी सोमबार दिउँसोको समयमा केही परिचित युवाहरुबाट आक्रमण भएको छ ।
पत्रकार अलीका अनुसार सोमबार दिउँसो १२ बजेको समयमा रिपोर्टिङ गरि इनरुवा देखि दुहबी फर्कने क्रममा दुहबी- इनरुवा सडक खण्ड्को अन्नपूर्ण प्लाई उधोग अगाडि मोटरसाइकल सवार अलीमाथी अचानक केहि परिचित युवाहरुको समुहद्वारा आक्रमण गर्दा पत्रकार अली सहित परिवारको एक सद्स्य गरि दुई जना घाइते भएका छन् ।
आक्रमणबाट घाइते भएकाहरुको सुनसरी सामुदायिक अस्पतालमा उपचार भई रहेको छ भने कार्वाहीको माग सहित ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरि समेत परेको पत्रकार अलिले बताएका छन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार