Logo

ढकाल दम्पतीद्वारा २५ अौं वैवाहिक वर्षगाँठमा विपन्न परिवारहरूलाई न्यानो कपडा वितरण

प्रभात खबर २६ माघ २०७७, सोमबार २०:०६ मा प्रकाशित


इटहरी , माघ २६ । नेपाली काँग्रेस जिल्ला सदस्य एवम् क्षेत्र नं. १ संयोजक दिपक ढकाल एवम् इटहरी लेडी जेसिज पुर्व अध्यक्ष सुशीला ढकालले अाफ्नो २५अौं वैवाहिक वर्षगाँठ इटहरी -१५ का अति विपन्न चौधरी परिवारहरूमाझ मनाएका छन् । ढकाल दम्पतीले चौधरी गाँउका अति विपन्न परिवारहरूलाई २५० थान न्यानो कपडा वितरण गरि अाफ्नो २५अौं वैवाहिक वर्षगाँठको खुशी बाँडेका छन् ।
विपन्नहरूको सहयोगका लागि सदैव अाफु तत्पर रहिरहने साथै लगतै सोहि वडामा शैक्षिक सामाग्रीबाट वञ्चित रहेका विपन्न परिवारका बालबालिकाहरूको शिक्षाका लागि अावश्यक शैक्षिक सामाग्री समेत वितरण गर्ने जानकारी ढकाल दम्पतीले प्रभात खबरलाई दिएका छन् ।

 

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार