Logo

माघ ३० गते सोनाम ल्होछार पर्व बिदा दिने सरकारको निर्णय

प्रभात खबर २९ माघ २०७७, बिहीबार ११:४८ मा प्रकाशित

इटहरी , माघ २९।यस वर्ष सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछार पर्व माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा पनि लिने गरेको छ ।


यसअघि वर्तमान सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका केही चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो । २०५१ सालदेखि सोनाम ल्होछारको दिन दिदै आएको विदा वर्तमान ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो ।

 

सम्बन्धित खवर