इटहरी , माघ ३० ।
खोटाङकी पत्रकार कृष्णकला राईले पुरस्कार स्वरुप पाएको रकमबाट अभिभावकविहिन बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको माघ २५ गते सम्पन्न भएको नवौं साधारण सभामा क्रियाशील पत्रकारिता पुरस्कार स्वरुप प्राप्त भएको रकम दुई हजार पाँच सय रुपैयाँ पत्रकार राईले बाबुआमा बिहिन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका रविन सार्की, संगीता सार्की र सविन सार्कीलाई सहयोग गरेकी हुन् ।
पत्रकार राईले आइएमई गरेर पठाएको सो सहयोग रकमबाट आफ्नो एफएम ओखलढुंगाकी स्टेशन मेनेजर बिनुमायाँ राईले बिहिबार झोला, कापी र डटपेन खरिद गरी टुहुरा वालबच्चालाई हस्तान्तरण गरेकी छन् ।
१४ वर्षका रबिन सार्कि ११ वर्षकी संगिता सार्कि र १० वर्षका सविननका आमाको केही समयअघि आमा आगोमा परि मिसन हस्पिटल ओखलढुंगामा मृत्यु भईसकेको साथै बाबुको पनि मानसिक सन्तुलन ठिक नभएकै कारण अभिभावकविहिन बन्न पुगेका बालबालिकाहरुलाई पत्रकार राइले शैक्षिक सामाग्री पठाएर सहयोग गरेकी हुन् ।