Logo

सानी ह्याभ ग्रेट किस डे

प्रभात खबर १ फाल्गुन २०७७, शनिबार १६:२२ मा प्रकाशित

सुशील कन्दरा राजभर
इटहरी , फाल्गुन १
हटियालाईनकाे एक क्याफेमा बसिरेका थियाै,चर्चित हास्य गायक दाईहरुसंग । उनले कल गरिन , कहाँ हाे तपाई मैले ठाउँ नै भेट्न सकिन । उनलाई मैले लाेकेसनके बारेमा बताउदै गर्दा दाईले साेध्नु भयाे , भाइ बुहारी हाे कि क्या हाे निकै चहलपहल हेर्दैछु ।

मैले हासेर जावफ दिए । उनी अाईपुगिन,सबैलाई नमस्कार पनि गरिन । उनी छक्क परिन र विस्तारै साेधिन उहाँ त श्रीकृष्ण कमेडी गायक हैन ? मैले हाे भने । नमस्कार गरिन,हामीले चिया खाजा खायाै । उहाँले यी नानी काे हुन भनेर साेध्दा मैले मेराे प्रेमिका भने ,उनले अाखा तरेर हेरिन । अनि मेराे पाखुरा समाउदै भनिन , दादा हाम्राे बिहे पक्का भईसकेकाे छ। हेर्नुन उहाँले जहिल्यै प्रेमिका मात्रै भन्नू हुन्छ । अर्काे दाईले भाइ बुहारी लाई बुहारी भनेर मात्रै चिनाएस है भनेर भन्नू भयाे उनी निकै खुशी भईन ।

हामी पथरी जान निस्केका थियाै ,मन्दिप भाईकाे जन्मदिनको अवसरमा सानाे जन्माेत्सव थियाे । हामीलाई धेरै पटक अाउन अनुराेध भएकाले र उनलाई पनि जान ईच्छा भएकाले जाँदै थियाै । त्यहाबाट निस्के पछि बाटाे एक ठाउँ यस क्षेत्रमा नाम कहलिएका पत्रकारितामा ख्याती कमाएका विभिन्न व्यक्तित्वहरसंग भेट भयाे । कहेि दिन अगाडि फेसबुकमा हालिएको हाम्रो तस्बिरहरुले हाम्राे सम्बन्धका बारेमा राम्रै चर्चा बटुलेकाे थियाे । सबैले तपाईंहरुकाे जाेडि राम्राे हाेस भने , एक जनाले उठेरै हात मिलाउदै बधाई पनि दिए । त्यहि मध्य एक जनाले साेध्नुभयाे , तपाईंहरुकाे बिहे कहिले हुने ? हाम्राे टिकाटालाे भईसक्याछ दिदी, बैशाखमा बिहे गर्ने हाे अब भनिन । म केही बाेल्न सकिन । उनकाे ममिले बिहे मात्रै पक्का गर्नभएकाे हाे , मिति त थिएन । किनकि त्यस्ताे केही पक्का भएको थिएन । तर पनि म मुस्कान सहितकाे सहमति जनाईरहे । हामी त्यहाँबाट निस्केपछि पछि साेधे यसरी भन्नुहुन्न है, झुठाे सावित हाेईन्छ ।उनले हैन बाबा ममिले एकै पटक बिहा नै गरिदिने भन्नु भएको छ भनिन ।

हामी पथरी पुग्याै ,पथरीमा हामीलाई लिन भाइ अाफै अाए । हामीलाई नमस्कार गर्दै दाजुभाउजु दुबैलाई विशेष धन्यवाद । मलाई त दाजु अाउनुहुन्छ भन्ने लागेकै थिएन । पक्कै भाउजुले कर लाएर हाेला ,
हाे भाइ , अब मेराे कहाँ चल्ने हाे र , सब तिम्राे भाेउजु कै याेजना भनेर पन्छिए । हामीले राजमार्गको छेमा रेहकाे चटपटे पसलमा चटपटे खायाै , अरु साथिहरु पनि अाए । विशेष त प्रदेश २ का भाईहरु पनि अाएका थिए । सुस्मिता लगाएत माेरंगका नाम कहलिएका अभियान्ताहरुकाे जमघट भयाे । नगर उपप्रमुखकाे अागमन पछि जन्मदिनको केक काटियाे । हामीले रमाइलो गर्याै । हामी दुबै जना साकहारी भएकोले छुट्टै बसेर खाने व्यवस्था गरियाे । त्यति बेला सम्म हाम्राे बारेमा साेधीखाेजी भईसकेकाे थियाे । भाईले हाम्राे बिहे बैशाखमा पक्का भएको बताउदै विशिष्ट पाहुनाहरुसंग चिनजान गराए । उपप्रमुख दिदीले नवजाेडी हुनुहुदाे रहेछ,यहाँहरुलाई छुट्टै बस्ने व्यवस्था गर्न भन्नुभयो । हामी सबैले एकै ठाउँ बसेर रमाइलो गफगाफ गर्ने साेचेका थियाै, सुस्मिताले उनी संग केही बेर कुराकानी गरिन । उनले मेराे बारेमा सकारात्मक कुराहरु गरिन । दाईलाई हरेक कुरामा साथ दिनुहाेला, निकै काेमल मनका हुनुहुन्छ । धेरै संघर्ष पछि याे स्थान सम्म पुग्नुभएकाेले हजुर हातमा छ दाईकाे भविष्य भनिन , उनले पनि दाईकै कारण म अाज छु भनिन, उनले तपाई ढुक्क हुनु दिदी भन्दै बाचा गरिन ।

याे कुरा राति उनलेे मलाई सुनाईन । हामीलाई छुट्टै बस्ने व्यवस्था गरियाे जब कि हामीले मानेका थिएनौं , त्यस रात हामीले बिबाहकाे बारेमा मध्यरात सम्म कुरा गर्याै । उनलेे अाउने बैशाखमा नै बिहे गर्दा कस्ताे हाेला भनिन ।मैले म पहिला देखि नै फागुनमै गरम भनेकै हाेनि तिमी त पछि पछि भन्छाै । मैले बैशाखमा गर्नुपर्छ भने । तयारी त भईसक्या छ अब केही दिन पर्ख है त?

उनले सहमति स्वरुप मेराे निधारमा चुम्बन गरिन , अनि भनिन बाबा ह्याप्पी किस डे । सधै भरी संगै हुनाले मलाई याे याद नि थिएन कि अाज किस डे हाे भनेर । मैले पनि उहीँ तरिकाले फिर्ता गरे, केही बेर हामी चुपचाप एक अर्कालाई हेरिरयौ । के हेरेकाे बाबा? भनेर साेधिन ।अनि मैले भने, मेराे सुन्दर भविष्य हेर्दैछु सानी ,तिमीलाई विशेष धन्यवाद । अाफ्नाे मान्छेलाई कसैले धन्यवाद दिन्छन त ? म तपाईंको श्रीमती पाे हाे त, पिण्डेश्वरीमा सिन्दुर हाल्नुभएकाे याद छैन ? मैले उनलाई अंगालोमा हाले अनि भने साच्चै कति धेरै माया गर्छाै है मलाइ?

उनले छातिमा चिमाेट्दै भनिन खै भनेकाे त , के कुरा ?हेरन फेरि भन्दै थिईन याद अायाे । जाेडसंग कसे अनि निधारमा चुम्बन गर्दै भने सानी ह्याभ ग्रेट किस डे । अनि हामी पुनः एक भयाै ।
(लेखकको प्रेमभाव जस्ताको त्यस्तै कपि गरिएको )

सम्बन्धित खवर

समाचार