Logo

सशस्त्र प्रहरी परिवार महिला संघको अायोजनामा दुई दिने निशुल्क स्वास्थ्य शिविर

प्रभात खबर १ फाल्गुन २०७७, शनिबार १७:३१ मा प्रकाशित

इटहरी , फाल्गुन १

सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा माघ २९ र ३० गते सुनसरी जिल्ला हरिनगर गाउँपालिका वडा नं.-६ घुस्कीमा दुई दिने निशुल्क स्वास्थ्य शिविरको अायोजना गरिएको थियोे । केन्द्रिय सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालबाट उद्घघाटन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा नेपाल ए.पि.एफ्. अस्पतालका विशेषज्ञ चिकित्सकको टोलीले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । उक्त निशुल्क स्वास्थ्य शिविरमा कुल ७५४ जनाले स्वास्थ्य परिक्षणको लाभ उठाएका थिए ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार