इटहरी , फाल्गुन १।
मोरङको बुढिगंगा डोरितान समितिले आयोजना गरेको वडा स्तरीय डोरीतान प्रतियोगितामा वडा नं ३ विजयी भएको छ ।
बुढीगंगा- ४ स्थित गोकुवा चौकमा शनिबार सम्पन्न भएको भएको प्रतियोगितामा ७ वटा वडा र आयोजक गरी जम्मा ८ टिमले भाग लिएको थियो । वडा -३ ले वडा नं ७ लाई पराजित गर्दै पहिलो स्थान हात पारेको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री भानुभक्त ढकालले डोरितान प्रतियोगिताको उद्घाटन गरेका थिए।
विजयी टिमले नगद १५ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेताले नगद १० हजार र ट्रफी प्राप्त गरेको मोरङ डोरीतान अध्यक्ष रिता न्यौपानेले बताइन् ।