Logo

ह्याप्पी भ्यालेन्टाइन डे बाबा !

प्रभात खबर २ फाल्गुन २०७७, आईतवार १८:१७ मा प्रकाशित

 

  ह्याप्पी भ्यालेन्टाइन सानी !
सुशील कन्दरा राजभर
इटहरी , फाल्गुन २

मध्यरातमा पनि हामी प्रेमिल समय व्यतीत गरिरेहेका थियौं । जीवनमा पहिलाे पटक भ्यालेन्टान डे उत्सव मनाउँदै थिए । जीवनमा पहिल्यै कहिले पनि मैले याे तरिकाले प्रेमको अनुभुती गरेके थिईन, मलाई निकै उत्साह थपेर ल्यायो । उनले मलाई अझ कसिलो अंगालोमा बाधिन, हामी एक नै थियौं तर पनि त्याे क्षणले हामीलाई बारम्बार एकअर्कामा हराउँदै थियाे । हामीले एकअर्कालाइ हरेक तवरले महसुस गर्दै थियाै । अनि मध्यरातबाट सुरु भएकाे प्रणय दिवसकाे उल्लास विहान ४ बजे सम्म उस्तै रह्याे ।

धेरै पछि घाम मज्जाले धर्तीलाई छाेएकाे महसुस भएकाे थियाे । उनलाई उठाए तर उनी अझ मस्त निद्रामै थिईन त्यसैले बाबा भन्दै मलाई निद्रामा कस्दै पल्टिरहिन । मैले उनलाई उठाउन चाहिन । माेवाईल हेरे, ९ बज्नै लागेकाे थियाे । उनिसंग फेरि नजिक हुन मन लाग्याे र मायालु स्पर्श गर्दै उनलाई चुम्बन गरे , उनले पनि मलाई अाफु तिरै तानिन ।

हामी उठेर तयार हुदा सम्म १० बजे बजिसकेकाे थियाे । हामीले मन्दिपकाे घरमा विदाई मागेर निस्किन लाग्याै । भाइ खाना खाएर मात्रै जानू भन्दै थिए । तर हामी निस्कने नै भन्याै , फेरि पनि अाउनु हाेला बुहारी भनिन । उनले हुन्छ ममि हामी बिहे पछि अाउछाै भनिन। मन्दिपले अब भाउजू नलिई अाउनुभयाे भयाे ठिक हुन्न भन्याे , भाउजु नलिइ नअाउनु है । भाईहरु संग फेरि केही तस्बिरहरू खिचेर निस्कियाै ।बसमा चढ्याै , बेलबारी पुगेपछि उनले बाबा एउटा कुरा भन्नू छ भनिन , के कुरा भनेर साेधे । उनले मन्दिर जाउन भनिन , मैले किन जानू पर्याे साेधे । उनले मलाई जान मन लागेकाे छ , म मात्रै जान्छु ल भनिन, मैले हुन्छ भने । ईटहरी अाए पछि म घर जान्छु भने । उनले फेरि कति बेला भट्ने भनेर साेधिन, मैले अवेला भेटम भनेर अंगालो हाल्दै विदा लिए ।

हाम्राे भेट साझ भयाे , उनी निकै राम्री भएर अाएकी थिईन । हल्का मेकअप अनि पहेलाे कुर्तामा निकै उज्यालो देखिएकाे थियाे । हामी सधै खाजा खाने क्याफेमा खाजा खायाै , त्यहा अन्य धेरै प्रणय दिवस मनाउने जाेडीहरु रहेका थिए । कति त हामीले चिनेका थियौं , धेरैले हामीलाई कहिले बिहे गर्दैछाै भनेर पनि साेधे। यश पटक उनले बैशाखमा भन्दा मलाई कुनै असहज महसुस भएन ।

बाबा धरानमा बसाैन अाज भनिन । म‌ैले राति मात्रै पथरीमा बसेर बिहान अाएकाे हैन भने , उनले जिद्दी गर्दै थिईन त्यतिकैमा उनकाे माेवाईल बज्याे । उनलाई हजुरअामाले कल गर्नुभएकाे रहेछ , तिमिहरु उतै बस्ने कि घर अाउने भनेर साेध्नुभयाे । उनले सधैझै श्रीमन नारायण अभिवादन गरिन र घर नै फर्किने कुरा गरिन । हामी पुर्वाञ्चल हाेटलमा निकै अवेर सम्म बस्याै , बाहिर झपक्कै रात परिसकेकाे थियाे । उनकाे अाईतबारेमा काेठा जाने बाटाे सम्म छाेडे । सफारीमा बसिन , फेरि के भयाे कुन्नि अाेरलिएर मलाई अंगालो हालिन । निकै कसिलो अंगालोले मलाई पनि गाह्राे अाभास भयाे , उनकाे याे तरिकाकाे कल्पना नै गरेकोे थिईन । उनले कानमा मलाई पनि झट्कावाला सरपारइज दिन अाउछ नि भनिन । सफारीवाली दिदी, छेउमा भएको चटपटे पसले, बाटाे हिड्ने अरु जाेडीहरु अनि बटुवाहरुसबैले हामीलाई हेरिरहे । करिब ३० सेकेन्ड सम्म नछाेपछि , बहिनी जाने कि यहि बस्ने हाे भनेर सफारीवाली दिदिले साेधे पछि उनले मलाई विस्तारै अाफ्नाे अंगालोबाट मुक्त गरिन । मैले धेरै धेरै माया सानी भने । उनि सफारीमा चढिन र सफारी हुईकिदै गर्दा मलाई हातमा चुम्दै भनिन ,ह्याप्पी भ्यालेन्टाइन मेराे बुढा !लेखकको आफ्नो नितान्त अनुभुतीलाई जस्ताको त्यस्तै कपी गरिएको

सम्बन्धित खवर

समाचार