Logo

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट छिन्नमस्ता बाहिनी तथा गणहरुको विधिवत समुद्घाटन

प्रभात खबर ३ फाल्गुन २०७७, सोमबार १९:०१ मा प्रकाशित


इटहरी , फाल्गुन ३
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३९ गण महोत्तरीको फागुन ३ गते आयोजित एक समारोहकाबीच विधिवत समुद्घाटन गरेका छन् ।
यसैगरी महानिरीक्षक खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर -८ गण धनुषाको समेत समुद्घाटन गरेका छन् ।
महानिरीक्षक खनालले उक्त अवसरमा सशस्त्र प्रहरी बल, नेपाल
राष्ट्रको रक्षा, सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्वारका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै संगठनका अग्रज तथा सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मेहनत, त्याग र समर्पणका कारण संगठन राज्यको भरपर्दो सुरक्षा निकायको रुपमा स्थान बनाउन सफल रहेको बताएका छन् ।
महानिरीक्षक खनालले सांगठनिक पुर्नसंरचना पश्चात सीमामा पहिले भन्दाबढि संख्यामा जनशक्तिहरु परिचालित भई सीमामा २ सय २१ वटा बोर्डर आउट पोष्ट पु¥याउने लक्ष्यका साथ हाल सम्म २ सय ५ वटा बोर्र्डर आउट पोष्ट स्थापना भइसकेको र सो बोर्डर आउट पोष्टहरुको स्थापना पश्चात चोरीतस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण, राज्यको राजश्व बृद्धि हुनुकासाथै सीमा क्षेत्रका नागरिकहरुले समेत सुरक्षित महशुस गरेको विश्वास व्यक्त गरेका छन् ।
यसै गरि उत्तरी सीमाका उच्च हिमाली भू–भागको कठ्यांग्रीने जाडोदेखि दक्षिणी सीमाको अत्याधिक गर्मी र हावाहुरीको सामना गर्दै सुदूर पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको कालापानी, लिपुलेक नजिकको छाङ्गरु सम्मको स्थानमा सशस्त्र प्रहरी बल, नेपालका एकाईहरु मार्फत अहोरात्र तैनाथ रही संगठनलाई प्राप्त जिम्मेवारी तथा उत्तरदायित्व व्यावसायिक कुशलतापूर्वक सम्पादन गर्दै आईरहेको बताएका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले सो बाहिनी तथा मातहतका युनिटहरुले जिम्मेवारीका क्षेत्रमा शान्ति सुरक्षा, विपद् उद्धार तथा व्यवस्थापन, औद्योगिक सुरक्षा, महात्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, राष्ट्रिय गौरवका परियोजना, पूर्वपश्चिम लोकमार्ग, हुलाकी राजमार्ग आदि ठाउँहरुमा खटिएर उत्कृष्ट कार्यसम्पादन गर्दै आईरहेको चर्चा गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तीमा रहि उत्कृष्ट कार्यसम्पादन भएको बताएका छन् ।
कार्यक्रममा नेपाली सेना मध्यपूर्वी पृतनापति उपरथी सुरेशकुमार कार्की, जिल्लास्थित विभिन्न नगरपालिकाका प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नागरिक समाज, बुद्धिजीवि तथा स्थानीय भद्रभलाद्मी लगायत,
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार