Logo

रेडियो चौदण्डगढी ९४.४ मेगाहर्ज चाडैं सञ्चालनमा

प्रभात खबर ५ फाल्गुन २०७७, बुधबार ०७:०१ मा प्रकाशित

इटहरी , फागुन ५ । चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित टिम साथी नेटवर्क प्रालिद्वारा सञ्चालनमा ल्याइएको रेडियो चौदण्डीगढी ९४.४ मेगाहर्जको मंगलबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटन गरेका छन् ।स्थानीय ६ जना सञ्चालक रहेको रेडियोका संयोजक सन्तोष रौनियार रहेका छन् । उद्घाटन कार्यक्रमा नगर प्रमुख राईले सञ्चारजगतलाई आवश्यक पर्ने र गर्न सक्ने सबैप्रकारका सहयोगहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमा उप प्रमुख रिताकुमारी चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की, नगर सदस्य सुन्दर शाह, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु कुमार खड्का, राजेन्द्र पौडेल, गोपाल राई, किरात राई यायोक्खाकी नगर कोषाध्यक्ष कौशिला राई, स्थानीय वुद्धिजीवीहरु अमरेद्र झा, महेन्द्र रौनियार, मणिराज पौडेल त्यसैगरी इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक छे फिन्जो भोटे, सशस्त्र प्रहरी वल वेस क्याम्पका प्रहरी निरीक्षक समिप श्रेष्ठ, निर्मला राई, उषा राई, युवा समाजसेवीहरु विदुर राई, नयन्द्र राई लगायतको उपस्थिती रहको थियो । कार्यक्रम उर्मिला राईको सञ्चालन र सन्तोष रौनियारको सभापतित्वमा समापन भएको थियो ।
रेडियोको परिक्षण भने आगामी बैशाखदेखि मात्र गरिने सञ्चालक समितिले जनाएको छ ।

 

चौदन्डीगढी

सम्बन्धित खवर

समाचार