Logo

नेपाल जेसिज वर्ष २०२१ को राष्ट्रिय अध्यक्ष सल्लाहकारमा जेसी अधिकारी एवम् जेसि पौडेल

प्रभात खबर ५ फाल्गुन २०७७, बुधबार १७:११ मा प्रकाशित

इटहरी , फाल्गुन ५।नेपाल जेसिज वर्ष २०२१ का अध्यक्ष सिनेटर अरूणेश्वर खनालद्वारा राष्ट्रिय अध्यक्षको सल्लाहकारमा इटहरी लेडि जेसिज २००५ का अध्यक्ष जेसि सञ्जु अधिकारी एवम् इटहरी लेडि जेसिज २०१४ का पुर्व अध्यक्ष साथै नेपाल जेसिजका पुर्व कार्यकारी उपाध्यक्ष जेसि भेषजा काफ्लेलाई मनोनीत गरिएको छ ।
यसैगरि बोर्ड सल्लाहकारमा इटहरी लेेेेडी जेसिज २०१८ पुर्व अध्यक्ष जेसि मीनु न्यौपानेलाई समेत मनोनीत गरिएको छ ।
नेपाल जेसिज वर्ष २०२१को जेसिज अभियानलाई सार्थक एवम् समयसापेक्ष सफल बनाउन , उत्कृष्ट एवम् उपलब्धिमुलक कार्यक्रम सञ्चालन गरि युवाहरूको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणद्वारा प्रस्फुटन गराई कुशल नेतृत्व तथा सबल विकास पुर्याउने उद्देश्यसहित यस वर्ष राष्ट्रिय अध्यक्ष प्रकरण Rise To Change,leadership practices for human development” को विषय रहेको छ ।

सम्बन्धित खवर

समाचार