Logo

गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट एन.टिभीका क्याम्पा राई पुरस्कृत

प्रभात खबर ६ फाल्गुन २०७७, बिहीबार १२:०७ मा प्रकाशित

इटहरी , फाल्गुन ६।
नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक पुष्पहरी क्याम्पा राई गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
विगत ३१ बर्षदेखि नेपाल टेलिभिजनको समाचार महाशाखामा कार्यरत क्याम्पा राई अहिले नेपाल टेलिभिजन इटहरी च्यानलनका प्रमुखको रूपमा कार्यरत छन् ।
पत्रकारिताबाहेक साहित्यको क्षेत्रमा समेत पकड रहेका राईले प्राप्त गर्नुभएको पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
यसअघि पनि सिद्धिचरण राष्ट्रिय पत्रकारिता पुरस्कारबाटसमेत राई सम्मानित भैसकेका छन् ।

 

 

 

 

एन.टिभी

सम्बन्धित खवर

समाचार