Logo

हाम्रो इटहरी भेट्रानको अायोजनामा १ नं. प्रदेश स्तरीय भेट्रान अामन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने

प्रभात खबर ६ फाल्गुन २०७७, बिहीबार १८:१२ मा प्रकाशित

इटहरी , फाल्गुन ६।
हाम्रो इटहरी भेट्रान क्लबको अायोजनामा पहिलोपटक १ नं. प्रदेश स्तरीय भेट्रान अामन्त्रण फुटबल प्रतियोगिता फाल्गुन १३ गतेदेखि सञ्चालन हुने भएको छ । नेपाल अाइसको मुख्य प्रायोजनमा एवम् इटहरी नगरपालिकाको संयोजनामा फाल्गुन १३ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १२ वटा टिमहरूको सहभागीता रहनेछ।अाज अायोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मंदिप राईले गत वर्ष तयारी भएतापनि कोरोनाका कारण प्रतियोगिता सञ्चालन हुन नसकेको जानकारी गराएका छन् ।
सहभागी टिमहरूमा इटहरी रातो, इटहरी नीलो, बेल्टार भेट्रान ( उदयपुर), सागुरीगढी भेट्रान धनकुटा , धरान भेट्रान, सि. एम. जी. भेट्रान बिराटनगर , युनाईटेड भेट्रान बिराटनगर , बिराट भेट्रान बिराटचौक, जदाह भेट्रान मोरंग, एलेभन एरोज भेट्रान दुहबी , लखनपुर भेट्रान झापा, दुधे भेट्रान झापा रहेका छन् । जनता क्याम्पसको खेल मैदानमा सञ्चालन हुने यस फुटबल प्रतियोगिताको प्रथम पुरस्कार नगद राशि रू ५५ हजार र दोस्रो पुरस्कार नगद राशि रू ३१ हजार रहेको जानकारी खेल क्लबका उपाध्यक्ष बिमल तामाङले गराएका छन् ।

सम्बन्धित खवर

समाचार