Logo

काँग्रेसी नेताहरूले मुख सम्हालेर बोल्नुपर्छ : नेता पौडेल

प्रभात खबर ९ फाल्गुन २०७७, आईतवार १७:३० मा प्रकाशित

इटहरी , फाल्गुन ९।

 नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना काङ्ग्रेसी नेताहरुलाई मुख सम्हालेर बोल्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले देशको भविष्य अन्योल परिरहेको अवस्थामा काँग्रेसी नेताहरू अल्मलाउनु हुन्न भनेका छन् ।

साक्षात्कार कार्यक्रममा पत्रकारहरूको प्रश्नको जवाफमा बोल्दै नेता पौडेलले केपी ओलीले देशमा निरंकुशता लाद्न खोजेको अभिव्यक्ति दिएका छन् । शनिबार बिराटनगरमा अायोजित कार्यक्रममा ओलीले सर्वोच्चको फैसला अाफ्नो अनुकुल नभएमा अान्दोलनमा उत्रिन तयार रहेको भनाइप्रति अाफ्नो घोर आपत्ति जनाउँदै विधिको शासनलाई मान्दै काँग्रेस सधै लोकतन्त्रका लागि र संविधानको रक्षाका लागि तत्पर रहने पार्टी रहेको बताएका छन् ।

सम्बन्धित खवर

Covid 19

समाचार