इटहरी , फाल्गुन १०।
मानसिक समस्यासंग सम्बन्धित बढ्दो विकृति र सामाजिक द्वन्द समाधान तथा व्यवस्थापन गर्ने उद्देश्यसहित दुहबी नगरपालिकाको सहयोग एवम् पहुँच नेपाल संस्थाको आयोजनामा दुहबी नगरभित्र रहेका अभियन्ता तथा जनप्रतिनिधिहरुको सहभागीतामा पाँच दिने मनोविमर्श सम्बन्धि तालिम सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरुले विभिन्न कारणबाट भएको हिँसाका घटना , सामाजिक विमति, अधिकार हनन् , द्वय पक्षिय विवादहरुको समस्या पहिचान गरि, त्यस्ता घटनामा न्यायिक भुमिका निर्वाह गर्दै सम्बन्धित दुबै पक्षलाइ मनोविमर्श सेवा प्रदान गर्ने सिप सिकेका छन् ।
तालिमको अन्तिम दिन समापन समारोहमा सहजकर्ता मनोविमर्शकर्ता शान्तिराम दाहालले तालिममा हासिल गरेको ज्ञान र सिकेको सिपको सहि प्रयोग गर्न सकेको खण्डमा समाजमा हुने हिंसात्मक घटनाको न्युनिकरण हुनुका साथै सम्भावित समाजिक द्वन्द्वलाई रोक्ने विशेष भुमिका खेल्ने भनाइ व्यक्त गरे । कार्यक्रममा दुहबी नगरपालिका प्रशासकीय प्रमुख विनोद कुमार न्यौपानेले तालिमा सहभागीहरुले सिकेका मनोविमर्शका ज्ञान र विधिलाई अबका दिनमा अरु समाजिक अभियान्ताहरुलाइ सिकाएर सीप हस्तान्तरण गर्न सकेको खण्डमा मात्रै तालिमको औचित्य रहने बताएका छन् । समापन समारोहका प्रमुख अतिथि नगर उपप्रमुख सुनितन दाहाल शाहले आफु निर्वाचित भएर आएपछि नगरको समन्वयमा विभिन्न संघसंस्था तथा निकायसंग मिलेर लैंगिक समानता, महिला विकास र समाजिक सद्भावका लागि सिक्ने र सिकाउने विधिमार्फत लागिपरेको बताइन् । । उपप्रमुखले अन्य नगरहरुको तुलनामा दुहबीमा जनप्रतिनिधिहरुको क्षमता विकास र वाक कलाई जोड दिएकाले समाजिक कार्य र व्यक्तिगत क्षमतामा धेरै सुधार भएको र यस मनोविमर्श तालिमका सहभागीहरु प्रशिक्षार्थीका रुपमा नभएर भावीका दिनमा प्रशिक्षकका रुपमा सिकाइ र विमर्श ज्ञान सदुपयोग गर्नुहुनेमा विश्वास लिएको बताइन् ।