इटहरी, फाल्गुण १७
सुशिल कन्दरा राजभर
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनता बहुमुखी क्याम्पस इटहरीमा अध्य्यनरत प्लस टु का विद्यार्थीहरुलाई अपराधमा पिडितको हक , अधिकार र कर्तव्य सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी द्वारा युवा तथा किशोर किशोरीहरु लक्षित गरेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इटहरीमा संचालित विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुमा यस किसिमको अन्तरक्रिया गर्दैआएका छन् । कुनै पनि अपराधमा पिडित भइसके पछि पिडितले उजुरी गरिसकेपछि के कस्ता प्रक्रिया अपनाउनु र संरक्षणको अवस्था र अधिकार , सुचनाको हक, मुद्दामा भइरहेको प्रगति विवरण जानकारी लगायतका विषयमा विद्यार्थीहरुलाइ सेसन सञ्चालन गरिएको थियो ।
यस प्रकारको प्रशिक्षण पश्चात् विद्यार्थीहरुले भविष्यमा कुनै पनि पिडितले कसरी न्याय प्रकृयामा जान सकिन्छ भन्नै बारे जानकारी दिई समाजमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् भन्ने यस प्रशिक्षण कार्यक्रमका मूल उद्देश्यका रहेको जानकारी यस प्रशिक्षण कार्यक्रमका सहजकर्ता इप्रका, इटहरीका निरिक्षक गणेश प्रसाद भट्टराईले दिएका छन् । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत करिव १५० जना विद्यार्थीहरुले यस प्रशिक्षणबाट लाभ उठाएका थिए ।