Logo

हट व्याग दुर्घटना पिडितका लागि जनताका विद्यार्थीहरु द्वारा सहयोग

प्रभात खबर १७ फाल्गुन २०७७, सोमबार २२:४४ मा प्रकाशित

इटहरी, फाल्गुण १७ ।
माघ ५ गते महिनावारीको दुखाई कम गर्न तातो पानीभएको हट व्याग प्रयोग गर्दा दुर्घटना भइ कम्मरसहित शरिरका केही भाग जलेर उपचारार्थ इटहरी –४, भेटघाट चोकमा डेरा गरि बस्ने १७ वर्षिया किशोरी मेलिना तामाङको लागि उपचारमा सहयोगार्थ जनता बहुमुखी क्याम्पसका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले संकलन गरेको रकम पिडितकी आमालाई बुझाएका छन् । कक्षा ११ का विद्यार्थीहरुबाट रु ९५०, कक्षा १२ बाट १८५० र, वि।ए। अन्तिम वर्षमा अध्ययनरत मानवअधिकारकर्मी तथा समाजिक अभियान्ता सुशील राजभर बाट रु ६५० र क्याम्पसका प्रध्यापक कृष्णाकला राईबाट व्यक्तिगतरुमा रु १०५० गरेर जम्मा रु ४९००र( नगद सहयोग रकम क्याम्पसका विद्यार्थीहरु विच पिडित किशोरीको आमा लाई हस्तान्तरण गरेका छन् ।

माघ २१ गते मानवअधिकारकर्मी राजभरले समाजिक सञ्जालमा गरेको राहतको अपिल पछि जनता बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुने कृष्णकला राईको अगुवाइमा उक्त राहत स्वरुप रकम संकलन गर्नुभएको हो । अध्यापनका साथै पत्रकार समेत रहनुहुने प्रध्यापक राईले यस अघि पनि विभिन्न कारणवश पिडित भएका व्यक्तिहरुलाइ राहत संकलन गरि वा व्यक्तिगरुपमा सहयोग गर्दैआउनुभएको छ ।

सम्बन्धित खवर

समाचार