Logo

प्रेस संगठनको जबरजस्ती :स्वतन्त्र पत्रकारद्वय अलि र गिरीलाई बनाए प्रदेश कमिटी सदस्य

प्रभात खबर १८ फाल्गुन २०७७, मंगलवार १३:४२ मा प्रकाशित

इटहरी , फाल्गुन १८
प्रेस संगठन नेपालले दुहबीका सक्रिय पत्रकारहरू क्रमशः प्रेम गिरी स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य एवम् अकबर अली स्वतन्त्र पत्रकार संघ सुनसरी जिल्ला उपाध्यक्षलाई बिना जानकारी नेकपा प्रचण्ड माधव समुहका प्रेस संगठन नेपालले एक नम्बर प्रदेश कमिटीको सदस्य बनाएका छन् । प्रेस संगठन नेपालको यस कदमप्रती दुवै पत्रकार गिरी र अलिले सामाजिक सञ्जाल मार्फत अाफ्ना धारणा राखेका छन् । उनीहरूले अाफु स्वतन्त्र पत्रकार संघमा अाबद्ध रहेको र कुनै पार्टी वा गुटको शुभेच्छुक संगठनको सदस्यता स्वीकार नहुने बताएका छन् ।

प्रेम गिरी, ” मेरो गम्भीर ध्यानाकर्षण भएको छ! म स्वतन्त्र पत्रकार संघको केन्द्रिय सदस्य भएकोले कुनै पार्टी वा गुटको शुभेच्छुक संगठनको सदस्यता स्वीकार न गर्ने जानकारी गराउदछु! धन्यवाद”

अकबर अली,” साथीहरूले मलाई एक नम्बर प्रदेश कमिटीको सदस्य बनाएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ! म स्वतन्त्र पत्रकार संघ नेपालको सुनसरी जिल्ला उपाध्यक्ष भएकोले कुनै पार्टी वा गुटको शुभेच्छुक संगठनको सदस्यता स्वीकार न गर्ने जानकारी गराउदछु! धन्यवाद”

प्रेस संगठन नेपाल

सम्बन्धित खवर

समाचार