Logo

मानव बेचबिखन नियन्त्रण विषयक अन्तरक्रिया सम्पन्न

प्रभात खबर १८ फाल्गुन २०७७, मंगलवार २१:१४ मा प्रकाशित


इटहरी, फाल्गुण १८

सुशिल कन्दरा राजभर

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सुनसरीमा अधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाहरुको बिच मानव बेचबिखन विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सोमवार सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सामुहिक अधिकार महाशाखाका प्रमुख हरि ज्ञवाली साथै आयोगको १ नं। प्रदेश कार्यालय प्रमुख नितू गडतौलाले मानव बेचबिखनको अवस्था तथा नियन्त्रण र कारबाहीको प्रयास र प्रगतिबारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मानव बेचबिखनको हालको बेचविखनको अवस्था लगायत कारणहरुका बारेमा चर्चा गर्दै आगामी दिनमा मानव बेचबिखनका घटनाहरु नियन्त्रणका लागि सुझाव संकलन गरेका थिए । महिला सिप विकास तालिम केन्द्र इटहरी कार्यलयमा आयोजिक अन्तरक्रिया कार्यक्रममा केन्द्रकी प्रमुख राधिका थापा, मायाघर नेपालकी सचिव सुभद्रा प्याकुरेल, इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख, सञ्चारकर्मी लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

समाचार