Logo

कसरी “मैनामैनी” नामकरण भयो

प्रभात खबर १९ फाल्गुन २०७७, बुधबार १२:०८ मा प्रकाशित

भरत वात्पाङ्ग राई       
इटहरी , फाल्गुन १९
उदयपुर जिल्लाकाे उत्तरी शिर मैनामैनी हाल बेलका नगरपालिका वडा न. ७ अन्तर्गत पर्दछ।साबिक मैनामैनी वडा न. २ मा रहेको मूलगाउँ प्राचीन कालमा थुमका किराँती फुलाहाङ्ग पाछा (वंश )का राजाले शासन गरेको किम्बदन्ती पाइन्छ। यस हाङ्गलाई “मेत्नाहाङ्ग” भनिन्थ्यो। मेत्ना भनेको बन्दाेबस्ती गरिदिनु “हाङ” काे अर्थ राजा भन्ने हुन्छ। सबै कुराकाे बन्दाेबस्ती गरिदिने हाङ भएकोले मेत्नाहाङ भनिएको अनुमान गर्न सकिन्छ। उनको शासित क्षेत्रका जनताहरुले त्यहाँका प्राप्त अग्रणी सुविधाहरू उपभाेग गर्न पाएका थिए,भनिन्छ । जनप्रिय, कुशल शासक, वीर साहसिक किराती हाङका राजधानीलाई मूलीतेन भनिन्थ्यो। स्थानीय भाषामा “मूली” भनेको केन्द्र र ” तेन” काे अर्थ स-साना बस्तीहरु भन्ने बुझिन्छ। आफ्नो संस्कार र कुलमा अधिक विश्वास भएको हाङले मूलीतेन भन्दा अलि माथि थुम्कीमा आफ्ना राज्यका जनताहरुकाे सुख शान्ति र समृद्धिकाे लागि पारुहाङ र सुम्निमाकाे आरधना गर्न मन्दिरको स्थापना गरे । त्यस ठाउँलाई “हाङमाङ्चाेङ्ग “भनिन् थालियो। किराँती बान्तावा भाषामा “हाङ” भनेको राजा “माङ” भनेको देवता र चाेङ्ग भनेको उच्च वा सर्वोच्च भन्ने हुन्छ । हाङले समेत मान्ने देव स्थल भएकोले उक्त ठाऊँलाई “हाङमाङ्चाेङ्ग” नामकरण गरिएको भनाइ रहेको छ। किराँती हाङ शिकार खेल्न अति शाैखिन थिए ।कुनै बेला फुर्सद निकाली मूलीतेनबाट उत्तरी दिशाकाे डाडाँमा गई त्रिवेणीकाे सुन्दर मनाेरम दृश्यवलाेकन गर्दै त्यहाँबाट आएका पवित्र जलवाष्प हावाकाे आनन्द लिदै चराहरुकाे शिकार खेल्ने गरेको भनाइ पाइन्छ। त्यस ठाउँलाई “छाेङ्वाआप्खाभुरु” काे नामले हालसम्म पनि चिनिन्छ । यहाँका बासिन्दाहरुकाे भाषामा “छाेङ्वा” भनेको चरा “आप्खा” भन्नाले हतियार वा ठाउँ ” भूरु” काे अर्थ डाँडा भन्ने बुझिन्छ ।कालान्तरमा आएर यस पाछाका उत्तराधिकारीले याेङ्गहाङ्ग राजा तथा अन्य राजाहरुलाई पराजित गरि साविक वबला र मैनामैनीकाे सिमाना रहेको मटेरी खाेलादेखि दक्षिणमा हाल बेलका नगरपालिका वडा न. ७ र ८ काे सिमानामा रहेको काेसाेपा खाेला सम्म तेनकाे(ठाउँ ) विस्तार गरेका थिए। यसरी शक्तिमा समृद्ध हुदै गएका हाङ्ले चम्पाकाेटे हाङसँग युद्ध गर्ने याेजना गरे मुतावित मूलीतेनकाे पश्चिम मा रहेको अग्लो डाँडामा सैन्य अखडा स्थापना गि आक्रमण गरेको भनाइ छ। यश ठाउँलाई भंसुकाेट भनियाे। ” भंसु” भने काे मास्नु वा पड्काउनु र काेट काे अर्थ सैनिक गतिविधि गर्ने स्थान भन्ने बुझिन्छ । तर हाल अप्रभंश शब्दमा बंशुकाेटा भनिन्छ।त्यस डाँडाबाट तराईका मनाेरमफाँटहरु अग्ला डाँडा र हिमालको दृश्यावलाेकन समेत गर्न सकिन्छ।


किम्बदन्ती अनुसार थामाेपा नाम गरेको एक ब्यक्तिबाट सुम्निमा र पारुहाङ माङ्गकाे पूजा अर्चना गर्ने प्रथा आरम्भ गरेको पाईन्छ। पूजा दैनिकरुपमा गरिदै आए पनि विशेष उधाैली र उभाैली गरी बर्षमा दुईचाेटी आरधना मेला लाग्ने प्रथा चलाएको पाइन्छ। त्यस मेलामा आउने श्रद्धालु भक्तजनहरुले उत्पादन वृद्धि र सह रहने विश्वासले मकैका झुत्ता र काेदाे चढाउने गरेको पाइन्छ ।एवं प्रकारले पूजारी सन्तानहरु मासिन्दै गएपछि ऋषि नाम गरेको एक ब्यक्तिलाई छाेरी ज्वाइँ बनाई पूजा पाठलाइ निरन्तरता दिइएको भनाइ पाईन्छ । किराँती वान्तावा भाषामा ज्वाईलाई माक्छा भनिन्छ ।माक्छा- माक्छा भनिदै जाँदा माक्छा शब्द अप्रभंश गि मार्छा भन्न थालियो, र साे मार्छा कालान्तरमा आएर पाछाकाे रुपमा स्वीकार गरेको पाईन्छ । हालसम्म पनि साेहि पाछाबाट नित्य पूजा पाठ गरिदै आए पनि उभाैली -उधाैलीकाे बेला मकै र काेदाे चढाउने पुरानो प्रथा पूर्णरुपमा हटिसकेकाे पाइन्छ। फूलाहाङ पाछाकाे अन्तिम हाङकाे तीन भाई छाेराहरु थिए। उनीहरूलाई क्रमशः साेराङ्गा, हाडराज र दुवीहाङ्ग नामले चिनिन्थ्थाे। एक रात फूलाहाङ्गलाई पारुहाङ्ग र सुम्निमाले राज्य नरहने र बर्षै पिच्छे हाङकाे नामबाट बाखामाङ्गकाे पूजा नगरे तेनमा( ठाउँ) अनिष्ट हुने सपनामा बताए पछि उभाैलीवाली पूजाकाे दपन आफ्नो नामबाट फूलाहाङले सातपाछाहरुकाे नाक्छाैँङ्गले बाखामाङ्गकाे पूजा गर्ने चलन चलाएकाे जनजिब्राे पाइन्छ। समयसापेक्ष जिम्मावाल, प्रधानपञ्च, गा.वि.स. अध्यक्षले माङ्गसेवा खर्च निकाली स्थानीय जनताहरुकाे सुख, शान्ती र समृद्धिकाे लागि बाखामाङकाे पूजा गरिदै आएको हालमा समेत वडा अध्यक्षकाे नामबाट पूजा गर्ने गराउने परम्परा जीवितै रहेकाे पाइन्छ। सातपाछा इतरका जनप्रतिनिधि भए साेकाे नामबाट पूजा नगि फूलाहाङ्कै सन्तान र शाखासन्तानकाे रुपमा लिइएका फूलाहाङ्ग, सुवार्जा , हाङ्छालिम, वाडिहाङ्ग, माने, कुमारा, बालाहाङ, र नाक्छाैङ पाछा मध्ये जेष्ठताकाेनामबाट पूजा गर्ने चलन रहेको छ। यि पाछाहरु आदिमकाल देखि अस्तित्वमा रहेको देखिन्छ।

फूलाहाङ पाछाकाे शासन समाप्ति सगैँ पारुहाङ सुम्निमाकाे नयाँ नामकरण भएको पाइन्छ । यो नामकरणमा दुई वटा भनाइ रहेकाे पाइन्छ । पहिलो “मेत्ना” भनेको आधारभुट आवश्यकता पुरा गरिदिने प्रतिबद्धता “मेत्नी” काे अर्थ आवश्यक बन्दाे बस्त मिलाइदिने आग्रह भन्ने हुन्छ। यि दुवै मेत्नामेत्नी शब्द मैनामैनी भएको पाइन्छ। दाेश्राे त्यस समयमा अत्याधिक चराहरुकाे शिकार गरिन्थ्यो, भनिन्छ।चराहरुकाे शिकारीकाे कारण लाेप हुँदै जाँदा मैना प्रजाती चराहरु मात्रै बाँकी रहे। ति मैना चराहरु अब पारुहाङ र सुम्निमाकाे मन्दिरमा परिसरभित्र शरण लिन पुगे भनिन्छ। किराँती देवता पारुहाङ्ग र सुम्निमाकाे शक्तिले परिसर भित्ररहेका चराहरु शिकारीहरुले मार्न नसक्ने भएपछि यि माङहरु किरातकाे मात्र होइन मैनाकाे र मैनीकाे पनि राजा रहेछ भी पारुहाङ र सुम्निमाकाे शक्ति पाएर फूलाहाङले विस्तार र शासन गरेको क्षेत्र मटेरी खाेलादेखि दक्षिणकाे काेसाेपा खाेला सम्मलाई साे समयदेखि मैनामैनी भनिन थालियो। यसरी किराँती देवताकाे आशिर्वाद क्षेत्र र फूलाहाङ्गकाे शासन क्षेत्रलाई हालमा मैनामैनी भनेर चिनिन्छ ।

हाल केही व्यक्तिहरुलाई जाे अन्धाहरुले हात्तीको वर्णन गरे जस्तो लाग्छ। किराँती देवता पारुहाङ सुम्निमालाई कसैले शिव पार्वती त कसैले राम सीता भन्ने गरेको सुनिन्छ।किरात लिपिमा लेखिएको बाेर्ड अहिले पनि सुरक्षित रहेको छ। यसरी आदिमकालदेखि किराँतीवति रहेकेा ठाउँमा वेदवेदाङ्ग,उपनिषद, रामायण र महाभारतकाे हरफबाट एक्कासी यी नामहरु कसरी फुत्काएर आए होला ? अरुको आखाँले भन्दा आफ्नै संस्कारको आँखा सफा गरेर हेर्ने गरे पारुहाङ्ग र सुम्निमाकाे आशिर्वाद हामी किराँतीलाई सदैवप्राप्त भइरहने छ।
संकलक: भरत वात्पाङ्ग राई
स्वा.बाजे(दिवा): श्री कृपा ध्वज वात्पाङ्ग राई
स्वा.बुवा (पापा): श्री ईष्ट बहादुर वात्वाङ्ग राई
फुपाजु (पुसई): श्री सेर बहादुर हाङ्छालिम राई
मावला दाजु: श्री माधव फूलाहाङ्ग साेराेङ्गा रा

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार