Logo

इटहरीमा ५ दिने शान्ति शिक्षा र मानवअधिकार विषयक गोष्ठी सुरु

प्रभात खबर १९ फाल्गुन २०७७, बुधबार २२:०६ मा प्रकाशित

इटहरी, फाल्गुण १९ ।
इटहरीमा पाँच दिने प्रदेश स्तरीय शान्ति शिक्षा र मानवअधिकारको विषयमा कार्यशाला गोष्ठि सुरु भएको छ । प्रदेश नं। १ का विभिन्न जिल्लाका युवाहरुको सहभागीतामा नेपाल युनाइट्स प्रदेश नं १ का संयोजकको अध्यक्षतामा एक कार्यक्रम बिच ५दिने कार्याशालाको उदघाटन भएको हो । उदघाटन कार्यमा पुर्वी नेपालमा रहेर मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका विभिन्न अधिकारकर्मीहरुको उपस्थिति रहेकोे थियो । उद नेपाल युनाइटसका अध्यक्ष तथा संस्थापक मोहम्मद आयतुल्ला रहमानले कार्यशालाको स्वागत मन्तव्य दिदै उदेश्य मार्फत प्रकाश पारेका थिए ।

कार्यशालाकै दौरान स्थानिय जनप्रतिनिधिहरू संग मानवअधिकारको सवाल र स्थानीयस्तरमा भएका बिकाश निर्माणको विषयमा सम्वाद रहने र सहभागीहरुलाइ शान्ति शिक्षा र मानवअधिकारका विषयमा सहजकर्ताको रुपमा विकास गरि नेतृत्वका लागि तयार हुने बताएका छन् । विभिन्न परिवेश , जात र धर्मको प्रतिनिधित्व गर्दै सहभागीता जनाएका युवाहरुले भविष्यमा हाल भइरहेका हरेक किसिमक। विभेद र असमझदारी लाई चिर्दै मानवअधिकार सुनिश्चितता र शान्त बाताबरण निमार्णका राजदुतका रुपमा काम गर्न भुमिका खेल्न सक्ने कुरा युनाइटसका प्रदेश संयोजक राजभरले बताएका छन् । कार्यशाला क्रममा विभिन्न जिल्लाबाट २५ जना किशोर किशोरीहरूको सहभागिता रहको छ ।

सम्बन्धित खवर

समाचार