Logo

फुटबलका भीष्म पितामह भनेर चिनिने दिलिप राई एन्फा सुनसरीद्वारा सम्मानित

प्रभात खबर २० फाल्गुन २०७७, बिहीबार २०:०३ मा प्रकाशित

इटहरी , फाल्गुन २०।सुनसरी जिल्ला फुटबल संघको आठौ बार्षिक साधारणसभाको अवसरमा एन्फा सुनसरीले फुटबलका भीष्म पितामह भनेर चिनिने दिलिप राईलाई सम्मानित गरेका छन् ।
नेपाल फुटबलको क्षेत्रमा युवा खेलाडी देखि अहिलेसम्म विभिन्न रूपमा फुटबलका लागि अनवरत रूपले योगदान पुर्याएबापत एन्फा सुनसरीले सम्मान गरेको हो । इटहरीस्थित पर्यटकीय क्षेत्र तालतलैयामा बिहिबार आयोजित साधारण सभामा फुटबल क्षेत्रसंग सम्बन्धित विभिन्न हस्तीहरूको माझमा वरिष्ठ फुटबल खेलाडी राई सम्मानित भएका हुन् ।
फुटबलका अभियन्ता एवं पूर्व राष्ट्रिय खेलाडी राई एन्फा सुनसरीका संस्थापक अध्यक्ष समेत हुन ।
एन्फा सुनसरी अध्यक्ष केशव कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वांग, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रिय सदस्य दिपक राई, इटहरी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षदिवशपोखरेल लगायतले अाफ्ना विचार राखेका थिए ।

 

सम्बन्धित खवर

समाचार