इटहरी , फाल्गुन २१ ।
लाखौ लाख किरातीहरुको आस्थाको धरोहर मुन्धुमी शक्ति केन्द्र मानिने “खुवालुङ” लाई भत्काउन तथा मास्न नदिन साथै संरक्षण गर्नका लागि किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिद्वारा खुवालुङ स्थल क्षेत्रमै गइ खबरदारी सभा सम्पन्न गरेको छ।
उक्त खबरदारी सभामा संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राई,उपाध्यक्ष सपना राई, महासचिव अन्जिलहाङ किराती, कोषाध्यक्ष रमला चाम्लिङ राई, केन्द्रिय सदस्यहरु चन्द्र किराती,जितेन साम्पाङ राई, सुनिल हताचो राई, झापा जिल्ला अध्यक्ष मिलन राई लगायत झापा, मोरङ र सुनसरी जिल्ला समितिका विधार्थीहरुको सहभागीता रहेको थियो ।
नश्लबादी राज्य सत्ता षडयन्त्रपुर्बक र योजनाबद्द हाम्रो आस्थाको धरोहरलाई मास्न उद्दत भैइरहेको प्रती गम्भीर आपत्ती जनाउँदै यस्ता धरोहरहरुको राज्यले संरक्षण गर्नु पर्नुको साटो उल्टै ध्वस्त पार्न खोज्नु खेदजनक र आपत्तीजनक रहेको खबरदारी सभाका संयोजक एवम् किरावि केन्द्रीय कार्य समितिका अध्यक्ष रामचन्द्र राईले बताए ।अाफ्नो धरोहरको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन किरावि तयार रहेको बताउँदै खुवालुङ क्षेत्रमै पुगेर खुवालुङलाई फुटाउने सरकार प्रमुखको अभिव्यक्तिको विरोध गरेका थिए ।
अरुण, तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीमा रहेको खुवालुङका कारण जेटबोट चलाउन बाधा बनेकोले क्रेनद्वारा फुटाउने प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध किरात विद्यार्थी संघले विरोध प्रदर्शन गरेका हुन् ।