Logo

महासंघको आसन्न निर्वाचनमा दलितर्फबाट पनि नेतृत्वको तयारी

प्रभात खबर २३ फाल्गुन २०७७, आईतवार १२:३७ मा प्रकाशित

इटहरी, फाल्गुण २२।
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा दलित पत्रकारहरु पनि नेतृत्वमा जाने भएका छन् ।यसका लागि दलित पत्रकारहरुले राष्ट्रिय भेल ागर्ने तयारी भइरहेको जानकारी दलित पत्रकार मंचले शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा गराएका छन् ।
“दलित समुदायमाथिको विभेद विरुद्ध दलित पत्रकारको मिसन पत्रकारिता, स्थानीय तहदेखि नै दलित पत्रकार र दलित पत्रकारले सञ्चालन गरेका मिडिया हाउसमा राज्यको लगानी र पत्रकार संघ, संस्था संगठनमा दलित पत्रकारकै नेतृत्वको आवश्यकता ।” भन्ने मुल नाराका साथ दलित पत्रकार मञ्च नेपालले अन्र्तक्रिया आयोजना गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रेस संगठन नेपालका १ नं। प्रदेश समितिका संयोजक राजन केडीले आफु पढेको विद्यालयमा ब्राहमण शिक्षकबाट ढोली शब्द उच्चारण गरि आफु माथि जातीय विभेद गरेको र त्यसपश्चात् क्याम्पस अध्ययनको सिलसिलामा वार्षिक परिक्षा दिन जाँदा जनमुक्ति सेनाले तलको हाइड्रो पावरमा आक्रमण गरेकोमा आफुलाई दलित भएकै कारण सशस्त्रबाट पक्राउ गरि क्याम्पभित्र एक महिना कठोर यातना दिइ थुनामा राखि विभेद गरेको तितो अनुभव बयान गरेका थिए । कार्यक्रममा नेपाल
प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले नेपाल भरि करिब १ हजारको संख्यामा रहेका दलित पत्रकारहरुको प्रतिनिधित्व पनि सुनिश्चित हुनुपर्ने र आफुबाट पनि यथासम्भव पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।त्यसै गरि प्राध्यापक साथै नेपाल प्रेस युनियन सुनसरी कार्यसमिति सदस्य कृष्णकलाले पनि दलित पत्रकार समाजबाट मात्र होइन पत्रकारिता जगतबाट पनि अपहेलित भएर बाँच्नुपर्ने बताइन् ।राष्ट्रका लागि साथै आफ्नो समुदायको उत्थानका लागि गितको माध्यमबाट आवाज उठाउँदै आएका छिन्ताङ–सुखानी सांस्कृतिक परिवारका संयोजक बालकृष्ण गजमेर स्लामले राज्यले जन्मदेखि नै दलित बालकलाई दलितको स्टयाम्प लगाइदिएको बताएका छन् । पत्रकार साथै साहित्यक मंचका अध्यक्ष राम खरेलले निर्वाचनमा राजनितिक संगठनले यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए भने कवियत्री लता कार्कीले दलित जात नभएर मानसिक अवस्था रहेको बताइन् ।प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष अमर खडकाले आसन्न महासंघको निर्वाचनमा दलित पत्रकारहरुको पनि नेतृत्व हुनुपर्ने कुरामा आफु प्रयासरत रहने बताएका छन् । अन्र्तक्रिया मञ्चले दलित पत्रकारको राष्ट्रिय भेलाका लागि राष्ट्रिय भेला पहल समिति समेत गठन गरेको छ । जसमा राजन केडीलाई सल्लाहमा चयन गरेको छ । राष्ट्रिय भेला पहल समिति संयोजक पि वि दियली र प्रवक्तमा लम्जेल सङघर्षशील रहेका छन् । समितिको सदस्यहरुमा खिलानाथ विश्वकर्मा, टिकाराम विश्वकर्मा, नरेश क्षितिज विश्वकर्मा, रिकेश विश्वकर्मा, रंगिता गजमेर, बालकृष्ण गजमेर गणेश विश्वकर्मा, जुली शंकर, प्रवीण दर्नाल, अम्बिका दर्नाल रहेका छन् । सुविन विश्वकर्मा, विमला शंकार, भूमिका रसाइली, आकृति परियार लगायत पूर्वी नेपालबाट रहेका छन् । अन्य प्रदेशबाट ९र९ जना रहने गरी ७१ सदस्यीय राष्ट्रिय भेला पहल समितिलाई पूर्णता दिने र २०७८ सालमा राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।

सम्बन्धित खवर