Logo

वडा ४ लाई ५–१ को गोल अन्तरले पराजित गर्दै वडा ६ सेमी फाइनलमा प्रवेश

प्रभात खबर २३ फाल्गुन २०७७, आईतवार २०:४८ मा प्रकाशित

इटहरी, फाल्गुण २३ ।
कृष्णकला राई
बुढी गाउँपालिका अन्तर्गत दोस्रो अध्यक्ष कप, २०७७को आज आज भएको पहिलो उद्घाटन खेलमा गत वर्षका विजेता वडा नं. ६ ले वडा नं. ४ लाई ५–१ को गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । प्रदेश सभा सदस्य चुम नारायण तफदारको प्रमुख आतिथ्यमा आज भएको पहिलो उद्घाटन (क्वार्टर फाइनल) खेलमा वडा नं ६ का खेलाडी जर्सी नं. ११का सागर चौधरीले खेल शुरु भएको १ मिनेटमा नै पहिलो शानदार गोल गर्दे आफ्नो टिमका लागि खाता खोल्न सफल भएका थिए भने प्रतिउत्तरमा वडा नं. ४ का खेलाडी जर्सी नं. ६ का खेलाडी मोहम्मद अबुले आफ्नो टिमका लागि पहिलो गोल गर्दे खेललाई बराबरीमा ल्याएका थिए ।

निकै नै प्रतिस्पर्धात्मक रहेको आजको पहिलो क्वार्टर फाइनल खेलको पहिलो हाफको ३५औं मिनेटमा पुनः वडा नं. ६ का खेलाडी जर्सी नं. ११ का सागर चौधरीले दोस्रो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउन सफल भएका थिए ।
खेलको दोस्रो हाफको शुरुवात संगै खेलको ५७ औ मिनेटमा वडा नं.६ का खेलाडी जर्सी नं. ६ ले चौथो र खेलको ६५ औं मिनेटमा तेस्रो गोल र ६८ औ मिनेटमा चौथो निर्णायक आफ्नो व्यक्तिगत गोल गर्दै वडा नं. ६ का खेलाडी जर्सी नं. ११ का सागर चौधरीले आप्mनो टिमलाई विजयी बनाउँदै सेमी फाइनलमा आप्mनो स्थान सुरक्षित बनाउन सफल भएका थिए ।

आजको खेलमा व्यक्तिगत चार गोल गर्दे शानदार खेल प्रर्दशन गरेबापत वडा नं.६ का खेलाडी जर्सी नं. ११ सागर चौधरी म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार रु २ हजार प्राप्त गरेका थिए ।
बुढी गंगा गाउँपालिका अन्तर्गत आजदेखी प्रारम्भ भएको दोस्रो अध्यक्ष कप, २०७७ को प्रथम पुरस्कार राशि रु ५५ हजार , दोस्रो पुरस्कार राशि रु ३१ ह्जार रहेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार