Logo

सडन डेथमा वडा नं. ७ लाई  हराउँदै वडा नं.५ सेमी फाइनलमा प्रवेश

प्रभात खबर २४ फाल्गुन २०७७, सोमबार २१:०३ मा प्रकाशित

इटहरी,फाल्गुण२४।
कृष्णकलाराई
बुढी गाउँपालिका अन्तर्गत दोस्रो अध्यक्ष कप, २०७७को सोमवार भएको दोस्रो क्वाटर फाइनल खेलमा वडा नं. ५ ले वडा नं. ७ लाई सडन डेथमा हराउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।निकै नै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समय समाप्तिसम्म दुवै  टिमको  तर्फबाट कुनै  पनि गोल हुन नसकी खेल पेनाल्टि सूट आउटमा धकेलिएको थियो । पेनाल्टि सूट आउटमा पनि दुवै टिमको तर्फबाट कुनै पनि निर्णायक गोल हुन सकेको थिएन र सडन डेथमा पुगेको खेलको अन्तिम समयमा वडा नं. ५ का गोलकिपर विवेक चौधरीको निर्णायक गोलले वडा ५ लाई विजयी बनाउँदै सेमी फाइनलमा आप्mनो स्थान सुरक्षित बनाएको थियो ।

सोमवार भएको खेलामा निर्णायक गोल गरेबापत वडा नं. ५ का गोलकिपर विवेक चौधरी म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार प्राप्त गरेका थिए । बुढी गंगा गाउँपालिका अन्तर्गत दोस्रो अध्यक्ष कप, २०७७ को प्रथम पुरस्कार राशि रु ५५ हजार , दोस्रो पुरस्कार राशि रु ३१ ह्जार रहेको छ ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार