Logo

खुवालुङ्ग एक परिचय

प्रभात खबर २६ फाल्गुन २०७७, बुधबार ११:४७ मा प्रकाशित

     
भरत राई वात्पाङ्ग
इटहरी , फाल्गुन २६

किवदन्ती अनुसार बूढाहाङ्गका तीन भाई सन्तान थिए ।मानव सभ्यता र विकासक्रमको जानकार अनुसार मानिस यस अवस्थामा आईपुग्न धेरै चरणहरु पार गर्नुपरेको देखिन्छ । उनीहरुको व्याख्यानुसार युगलाई तुलना गर्दा पक्कै पनि सौखिन शिकारी युगतिर सत्य र तथ्यको युग, अनुय र विनयको सही सदुपयोगको युग जुनसमयमा आरम्भ गरिएका हाल सम्म किवदन्तीको रुपमा मात्र नभइ वास्तविकतामा पनि जीवित नै पाइन्छ ।सृष्टिकाल(सृष्टि पूरा नभई सकेको अवस्था) कै बखत याङ्वाहोङ्माुले(दुधकोशी) युञ््वाहोङ्गपा(अरुण) र थावाहोङपाु(तमोर) सँग खुवालुङ्गमा जो अघि आइपुग्छ उसैसँग विहे गर्ने शर्तबन्देजका साथ प्रस्ताव सारेको किवदन्ती रहेको पाइन्छ ।

शर्तबन्देज अनुसार होङ्गपाहरु बग्ने क्रममा दायाँ र बायाँ समतल गर्दै बग्नु पर्ने कार्य विपरीत युञ््वामाहोङ्पा अति वेगका साथ छहरा छाँगा बनाउदै याङ्वाहोङ्माुसँग विवाह गर्नको लागी मिसिन आइपुगेकोथावामाहोङपाले देखे पछि आफू लाजले दह को रुप लिई बाटो परिवर्तन गर्ने निधो गरे र विशाल दहको रुपमा आफूलाई बिस्तार गर्दै बग्ने ठाउँ खोज्दा कोकाहोङ्कुर सर्दुृहोङ्कुहरुलाई आफुलाई पनि बग्ने ठाउँ दिन अनुरोध थावाहोङपाले गरेको जनजिब्रोमा पाइन्छ । तर उनिहरुले बग्ने ठाउँ नदिने भएपछि थावाहोङपाले कोकाहोङ्कुलाई शीरमा सुक्नु पुच्छरमा फूक्नु र सर्दुृहोङ्कुलाई शीरमा फुक्नु पुच्छरमा सुक्नु भनी सरापेको किवदन्ती शाश्वात रहेको पाइन्छ । यता भने वाचा विपरीत युञ््वाहोङपाले कार्य गरेकोले थाहापाई दुवै याङ्वाहोङ्मा र युञ््वाहोङपालाई साक्षी (निर्णायक) रुपमा रहको खुवालुङ्गले थुनीराख्ने भए । उता भने बग्ने ठाउ कतै नपाएका थावाहोङ्पाले अझ बिशाल दहको रुपलिएर गोरुजुरे डाँडालाई भत्काइ ‘खुवालुङ्ग’ रहेको मुनिबाट बग्ने र याङ्वाहोङ्मा, युञ््वाहोङपालाई बग्ने बाटो रोकेरै छाड्ने योजनाका साथ थावाहोङ्पा अर्थात आफुहरुको कारणले थावाहोङ्पाले प्रलय गर्न लागेको र खुवालुङ्गले पनि थावाहोङ्पाको विवाहको टुंगो नलागे सम्म थुनी राख्ने भएपछि याङ्वाहोङ्मा र युञ््वाहोङपाले चुयुमासँग चट्टान फुटाई थावाहोङपालाई खोली ल्याउन अनुरोध गरेको भनाइ पाइन्छ । उनको विवाह त्रियुगा होङमासँग गरिदिने पक्का भएपछि चुयुमाले चट्टान खोली ल्याएको भनाइ पाइन्छ ।

चुयुमा भनेको पानीको आमा भन्ने हुन्छ। छिन्ताङ्गे भाषामा ‘चुवा’भनेको पानी र ‘मा’ को अर्थ आमा हुनेहँुदा थावाहोङपालाई रिझाउन आमासँग सहयोग मागिएको अनुमान गर्न सहजै सकिन्छ । जस्तै कठोर छोरा भएपनि आमाको अनुय र विनयले त्यस बेला देखि नै गल्दै आएको प्रमाण पुष्टि हुन्छ ।थावाहोङपालाई खोली ल्याउँदा थावाहोङपाको अधिक वेगको कारण महाप्रलयको छाल उर्लिदै गर्दाको बखत बूढाहाङ्का तीन भाईछोराहरु शिकार खेल्ने क्रममा आई पुगेका थिए भनिन्छ । यसरी आकाशै छुने गरीको छालदेखि तर्सिएका भाईहरु होङ्मा र होङ्पाहरुलाई अनुरोध गर्दा ‘खुवालुङ्ग’ को आज्ञा पाए मात्र कम हुने बताए पछि ति तीनभाईहरु खुवालुङ्गको शरणमा गई कल्याण प्राप्त गरेका थिए भन्ने किराँतीहरुमा मुन्धुमी विश्वास रहेको पाइन्छ ।

स्थानीय भाषामा ‘छाल’ लाई ‘वाधाङ्ग’ भनिन्छ । छालको नियन्त्रण गरे वापत खुवालुङ्गको पूजाआरधना गर्ने चलन चलेको विश्वास गरिन्छ । हालसम्म पनि त्रिवेणी ,टांकेरा लगायत धेरै ठाउँहरुमा सो प्रथालाई जीवित राख्दै बर्षायाम पछि कार्तिक मंसिर महिनामा छालको नियन्त्रण गरे वापत खुवालुङ्गको पूजा ‘वाधाङ्मी’को नामले गरिदै आएको छ । खुवालुङ्गको शक्ति पाई राख्न ढुङ्गाको चुल्हो राखी सायालुङ्ग, तायालुङ्ग, माखाप्लुङ्ग, पाखाप्लुङ्ग,होन्मालुङ्ग र मिचालुङ्ग नाम राखी खुवालुङ्गको प्रतिकका रुपमा किरातीकरुले घर भित्र पुज्ने गर्दछ । यसरी आदिम किराती पूर्खाहरु त्रिवेणी अर्थात खुवालुङक्षेत्रबाट अन्य ठाउँतिर लाग्ने क्रममा कोही होङ्मा र होङ्पाको तटीय क्षेत्र ,कोही तटीय भन्दा माथी पहाडी भेग र कोही हिमाली भेगतिर लागेका थिए भन्ने बुझिन्छ । किराँती सभ्यता र मुन्धुमी आस्थाको शुरुवात यही क्षेत्रबाट भएको मानिन्छ । मैनामैनी क्षेत्रमा हाल सम्म पहिलो किराँती धामी वा नाक्छौंङ भनेर ‘टाङ्साकले’ रहेको विश्वास गरिन्छ । अपवित्र आत्मा भएका दुई महिला सोयोङ्मा र योङ्दोङ्माले अति दुःख दिएपछि खुवालुङ्कहाँ गई साया चोङ्ची गरी खुवालुङ्को शक्ति पाएर ‘टाङ्साक्ले’ ले अपवित्र आत्मा भएका आईमाईहरुको वध गरेका थिए भन्ने भनाई रहेको छ ।

लिखित धर्मका धार्मिक सभ्यता ग्रन्थहरुमा उल्लेख वा किटान गरिएको हुन्छ । तर प्रकृति पूजका पूर्खाहरुले आदिम कालमा सामुदायिक (किराँत) सभ्यता र मुन्धुमी धर्मकोशुरुवात त्रिवेणी ( उदयपुर ,भोजपुर र धनकुटाहरुको वीचमा ) अर्थात तीन नदीको वीचमा अवस्थित खुवालुङ्ग किरातीहरुको मुन्धुमी आस्था केन्द्र हो भनी यथेष्ट कितावी प्रमाणको रुपमा किराँती किमवदन्तीलाई सहिष्णु सिद्धान्तमा रही बुझिदिनु पर्दछ । २०२५ चैत्र महिना पछि मानवीय असावधानीका कारण दुर्घट्ना भई किरातहरुको आस्थाको अटल खुवालुङ्गलाई अप्राकृतिक हिसाबले ज्यानमारा भनि नाम दिईयो । स्थिर बस्तुले कुनै बस्तुलाई हानी पुराको वा पुराउन सक्ने कुन वैज्ञानिकको सिध्दान्तमा आधारित छ ? यदि छैन भने प्राकृतिक रुपले सोचौं त्यो ज्यानमारा होइन , किराँती सभ्यताको उद्गम स्थल हो भनि चिनौं र वरीपरि पर्यटन क्षेत्र विकासका रुपमा योजनाहरु बनाआ,ैं धन्यवाद ।
संकलक
भरत राई वात्पाङ्ग
स्रोतक्षेत्र
श्री कृपा ध्वज राई वात्पाङ्ग
श्री ईष्ट बहादुर राई वात्पाङ्ग
श्री आश माया फुलाहाङ्ग
श्री लोक बहादुर खाम्वेन राई
श्री भैरव बहादुर सुभारा राई

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार