Logo

वडा नं. १ लाई स्तब्ध बनाउँदै वडा नं. ३ सेमीफाइनलमा प्रवेश

प्रभात खबर २६ फाल्गुन २०७७, बुधबार २०:४० मा प्रकाशित

इटहरी, फाल्गुण २६
कृष्णकला राई
बुढीगंगा गाउँपालिकाको आयोजनामा भइरहेको दोस्रो अध्यक्ष कप २०७७ को बुधवार भएको चौथो क्वार्टर फाइनल खेलमा वडा नं. १ लाई ४–० को अन्तरले पराजित गर्दे वडा नं. ३ सेमीफाइनल खेलमा प्रवेश गरेको छ ।


खेल शुरुवात भएको १८ औ मिनेटमा वडा नं. ३ का खेलाडी जर्सी नं. १९ का संजय कार्कीले पहिलो गोल गर्दे आप्mनो टिमका लागि खाता खोल्न सफल भएका थिए । पहिलो खेलको समाप्तिसम्म वडा नं. १ को तर्फबाट भने कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको २२औं मिनेटमा पुनः वडा नं. ३ का खेलाडी जर्सी नं. १९ का संजय कार्कीले दोस्रो शानदार गोल गरि आप्mनो टिमलाई २–० ले अग्रता दिलाएका थिए । त्यसैगरि दोस्रो हाफ ३२औं मिनेटमा वडा नं. ३ का राम पौडेल र जर्सी नं. ७ का अंकित बिष्टले खेलको निर्धारित समय समाप्तिको अतिरिक्त समयमा थप एक –एक गोल गरेका थिए । खेलको निर्धारित समय समाप्तिसम्म पनि वडा नं. १को तर्फबाट कुनै पनि हुन नसक्दा वडा नं. ३ बाट पराजित हुन पुगेको थियो ।


आजको खेलमा शानदार प्रदर्शन गरेबापत वडा नं. ३ का खेलाडी जर्सी नं. १९ का संजय कार्की म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार रु २ हजार प्राप्त गरेको थिए ।बुढीगंगा गाउँपालिका दोस्रो अध्यक्ष कपका विजेताले नगद पुरस्कार रु ५५ हजार र उप विजेताले नगद पुरस्कार रु ३१ ह्जार प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार