Logo

वडा नं.२ लाई स्तब्ध बनाउँदै वडा नं. ६ फाइनलमा प्रवेश

प्रभात खबर २७ फाल्गुन २०७७, बिहीबार २२:५६ मा प्रकाशित

इटहरी, फाल्गुण २७ ।
कृष्णकला राई
बुढीगंगा गाउँपालिकाको आयोजनामा भइरहेको दोस्रो अध्यक्ष कप २०७७ को विहिवार भएको पहिलो सेमी फाइनल खेलमा वडा नं. २ लाई १–० को गोल अन्तरले पराजित गर्दे वडा नं. ६ले फाइनल खेलका लागि आप्mनो स्थान सुरक्षित बनाएको छ ।


निकै नै प्रतिस्पर्धात्मक रहेको आजको खेलको पहिलो हाफको २४ औं मिनेटमा वडा नं. ६ का खेलाडी जर्सी नं. १० का विशाल राईले आप्mनो टिमका लागि पहिलो शानदार गोल गरेका थिए ।पहिलो हाफको समाप्तिसम्म वडा नं. २ को तर्फबाट भने कुनै गोल हुन सकेको थिएन ।


खेलको दोस्रो हाफमा दुवै टिम एकअर्का माथि निकै नै भारी देखापरेका थिए । तर खेलको निर्धारित समय समाप्तिसम्म वडा नं. २ को तर्फबाट कुनै गोल हुन नसकी वडा नं. ६ ले १–०को गोल अन्तर पार्दे फाइनलका लागि आफ्नो स्थान सुरक्षित बनाउन सफल भएको थियो ।


शानदार खेल प्रदर्शनसंगै आफ्नो टिमका लागि शानदार गोल गरि टिमलाई अग्रता दिलाउन सफल वडा नं. ६ का खेलाडी जर्सी नं. १० का विशाल राई म्यान अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार रु २ हजार हात पार्न सफल भएका थिए ।
बुढीगंगा गाउँपालिका दोस्रो अध्यक्ष कपका विजेताले नगद पुरस्कार रु ५५ हजार र उप विजेताले नगद पुरस्कार रु ३१ ह्जार प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

Covid 19

शुभारम्भ

समाचार