इटहरी ,फाल्गुन २७।सुनसरी जिल्ला फुटबल संघ को आयोजना मा फागुन २४ गते देखी संचालन भएको कम्युनिटि कोचिड्ग कोर्स फागुन २७ गते बिहिवार समापन भएको छ ।
धरान एन्फा एकेडमी टेक्निकल सेन्टर धरान मा ४ दिन सम्म संचालन भएको कोचिड्ग कोर्स मा सुनसरी ,उदयुपर, तेह्रथुम र सोलुखम्बु बाट गरि जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो ।एन्फाका एजुकेसन हेड अफ दि कोच संजित सिंह, सहयोगी कोच हरू दर्शन ुराजलौट,श्याम मानन्धर,भगवती राना मगर साथै अन्य कोच हरूमा अर्जुन राई ,इन्द्र थापा मगर हरू बाट प्रशि़क्षार्थी हरू लाई प्रशिक्षण दिएका थिए ।
एन्फा मानर्थ उपाध्यक्ष साथै १ नं प्रदेश फुटबल संध का अध्यक्ष किशोर राई को प्रमुख अातिथ्य, एन्फा केन्द्रिय सदस्य दिपक राईको विशेष अातिथ्यमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा संयोजक सुनसरी जि० फु० संघ उपाध्यक्ष नबिन राई ,एन्फा एकेडमी सचीब प्रताप तामाड्ग सांथै एम्स एकेडमी डाइरेक्टर अनुप तामाड्गहरूको समेत उपस्थिती रहेको थियो ।